FAQs Complain Problems

सूचना :

अपाङ्गहरुलाई नि:शुल्क लत्ताकपडा वितरण

राक्सिराङ्ग जेष्ठ १९, राक्सिराङ्ग गाउँपालिकाक वडा नं. २ र ५ का ५० जना अपाङ्गहरुलाई निशुल्क लत्ताकपडा वितरण गरिएको छ | आ.व.२०७५/७६ को वडा न. २ र ५ को वडागत बजेटबाट  रु.२५/२५ हजार रुपैया गरि कुल पचास हजार बजेटरहेको कार्यक्रम अपाङ्ग स्वबलंबन जीवन पद्दति केन्द्र, मकवानपुरद्वारा संचालन गरिएको हो |

अपाङ्ग स्वावलम्बन जीवन पद्दति केन्द्रका अध्यक्ष सुरेश घलान सभाध्यक्ष रहेको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल प्रमुख अतिथि थिए भने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी, वडा नं.५ का वडा अध्यक्ष चन्द्र सिंह प्रजा, वडा नं.०२ क वडा अध्यक्ष सुर्य ब.मुक्तान अतिथि थिए |

वडा नं. २ र ५ का कुल ५० जना अपाङ्गहरुलाई एक एक थान प्लास्टिक गुन्द्री, तन्ना, ब्लान्केट, झुल, सिरानी र केहि थान कपडा समेत वितरण गरिएको थियो |

आर्थिक वर्ष: