FAQs Complain Problems

सूचना :

प्लुङ्वाङ् पेल्ट्रिक सेट उद्गघाटन कार्यक्रम - राक्सिराङ्ग ०७, दङकालिन

जेष्ठ १०, राक्सिराङ्ग वडा नं. ०७ स्थित दङकालिन  बेशीटोलमा पेल्ट्रिकसेट मार्फत बिजुली उत्पादन गरिएको छ | पेल्ट्रिक सेट मर्मत समितिका अध्यक्ष  सुकलाल मुक्तानको सभाध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको प्रमुख आथित्यता थियो भने ९ नं. वडा अध्यक्ष रामकुमार वाल्वा थिङ्ग, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी, इन्जिनियर रुपक सुवेदी लगाएतको आतिथ्यता थियो |  

३ किलो वाट विद्युत उत्पादन क्षमता रहेको उक्त आयोजनाले दङकालिनका ३२ घर धुरीलाई उज्यालो दिएको छ | २०७२ सालको भूकम्ले अबरुद्ध उक्त पेल्ट्रिक सेट गाउँपालिकाको रु.६००,००/- बजेटबाट पुन संचालनमा ल्याउदा सबै खुशी छन् | संघीयताको उपजले नै गाउँ गाउँमा मोटर बाटो र बिजुली बत्ति जस्ता आधारभूत सेवा प्रदान गर्न सकिएको अध्यक्ष मल्लले बताउनु भयो साथै अब गाउँपालिकाले भौतिक विकासको साथै सामाजिक विकासमा थप जोड दिनुका साथै आयआर्जनको कार्यक्रमलाइ विशेष  प्राथमिकता दिने कुरा बताउनुभयो |  

कार्यक्रममा स्थानीय महिला स्वास्थ्य स्वयम् सेविका राममायाँ चेपाङ्गले बत्तीले बालबालिकाको स्वास्थ्य र शिक्षामा महत्वपूर्ण प्रभाव परेको बताइन

 

 

आर्थिक वर्ष: