FAQs Complain Problems

योजना तर्जुमा तथा वन वातवरण सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

जेष्ठ ०५ राक्सिराङ्ग, राक्सिराङ्ग गाउँपालिकाले वडा नं.१ ,२ ,३, ४ र ५  का टोलविकास संस्थाका प्रतिनिधि र वडा सदस्यहरुको लागि योजना तर्जुमा तथा वन वातावरण सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ | गाउँपालिका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. ४ र ५ का वडा अध्यक्ष, गाउँपालिका उपाध्यक्ष निर्मला हिम्डूङ्ग, प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी , वन तथा वातवरणको क्षेत्रमा क्रियाशील जनवकालत मंच नेपालका प्रतिनिधिहरु लगाएतकाको उपस्थिति रहेको थियो | कार्यक्रममा  प्रमुख प्रशासकीय अधिकृतले टोल विकास संस्था, यसको उदेश्य र भूमिका बारे प्रस्ट्याउनुका साथै योजना तर्जुमाको प्रक्रिया समेत बताउनुभयो | त्यस्तै अध्यक्ष  र उपाध्यक्षले  टोल विकास संस्था र वडा सदस्यहरुले योजना छनोटमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो |  वडा नं.६, ७, ८ र ९ का लागि ६ गते अन्तर्क्रिया कार्यक्रम हुनेछ |

आर्थिक वर्ष: