FAQs Complain Problems

सूचना :

विकास, सुशासन र शान्ति सुरक्षा कायम गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने: प्र.जि.अ. जोशी

प्रहरी चौकी , चैनपुर राक्सिराङ्गको उद्घाटन तथा स्थानीय तहमा सेवा प्रवाह सम्बन्धि अन्तरक्रिय कार्यक्रम सम्पन्न भएको छ| राक्सिराङ्ग गाउँपालिकाको कार्यालय चैनपुरमा आयोजित एक कार्यक्रमका बीच  प्रमुख जिल्ला अधिकारी प्रेम राज जोशी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरीका उपरीक्षक मुकेश कुमार सिंह, ससस्त्र प्रहरी उपरीक्षक विकास घिमिरे राक्सिराङ्ग गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष निर्मला हिम्डूङ्ग, प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो |

अतिथिहरुको स्वागत गर्दै गाउँपालिका अध्यक्ष मल्लले मकवानपुरको कर्णालीको रुपमा चिनिने राक्सिराङ्ग गाउँपालिकाका जनता आज पनि वर्षको आदि भन्दा बढी महिना कन्दमुलकै भरमा जीवनयापन गर्न परिरहेको भौगोलिक, आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य चेतनाको दृष्टिकोणले समेत पछाडी रहेकाले यस क्षेत्रको बिकासका लागि प्रशासनको तर्फबाट विशेष साथ र सहयोगको अपेक्षा गर्नु भयो | 

कार्यकममा जोशीले  विकास, सुशासन र शान्ति सुरक्षा कायम गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने भन्दै  सहयोग र सहकार्यका लागि  प्रशासन सदैव तयार रहेको बताउनुभयो | कार्यक्रममा प्रहरी उपरीक्षक सिंहले गाँजा प्रभावित क्षेत्रको रुपमा रहेको यस राक्सिराङ्ग गाउँपालिका अन्तर्गतका धेरै युवाहरु यतिबेला गाँजाकै कारण कारागारमा उर्जामय जीवन बिताईरहँदा समग्र गाउँपालिकाको सम्वृद्धिमानै असर पर्ने हुँदा बैकल्पिक खेतीका लागि प्रोत्साहन गर्न गाउँपालिकाले आवश्यक भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औल्याउनुभयो |    

गाउँपालिका कार्यालयको समेत अबलोकन गर्दै प्र.जि.अ. जोशी तथा प्रहरी उपरीक्षकहरु घिमिरे र सिंहले गाउँपालिकाको चुस्त प्रशासनिक व्यवस्थापन  प्रति खुशी व्यक्त गर्नु भयो   | चैनपुरमा रहेको चेपाङ्ग संग्रहालयको समेत अवलोकन गर्दै प्र.जि.अ.जोशीले चेपाङ्गहरुको परम्परा, ऐतिहासिक  कला र संस्कृति राक्सिराङ्ग गाउँपालिकाको पहिचान र सम्पत्ति भएकाले त्यसको संरक्षण र जगेर्ना गर्न गाउँपालिकाको भूमिका  महत्वपूर्ण हुने धारणा व्यक्त गर्नु भयो |

 

आर्थिक वर्ष: