FAQs Complain Problems

समाचार

दलित सशक्तीकरणका लागि जनचेतनामुलक कार्यक्रम

२०७६ आषाढ ०५ गते  गाउँपालिका केन्द्र चैनपुरमा राक्सिराङ्ग गाउँपालिकाको आर्थिक सहयोगमा राक्सिराङ्ग गाउँपालिका दलित समन्वय समितिको संयोजनमा गाउँपालिका भित्र रहेका दलितहरुको शशक्तिकरणका लागि एक दिने जनचेतनामुलक कार्यक्रम आयोजना गरियो | गाउँपालिका अध्यक्ष राजकुमार मल्ल प्रमुख अतिथि रहेको कार्यक्रममा दलित समन्वय समिति, राक्सिराङ्गका अध्यक्ष चक्र ब. बि.क.को सभाध्यक्षता रहेको थियो  भने कार्यपालिका सदस्य सिमोन बि.क., वडा सदस्य पातली मायाँ दमाइ, मायाँ देवी बि.क., गाउँपालिका रोजगार संयोजक गोविन्द बि.क.अथिति थिए, त्यस्तै कार्यक्रमलाई कमल कुमार बि.क. ले सहजीकरण गर्नुभएको थियो |

आर्थिक वर्ष: