FAQs Complain Problems

महिला स्वास्थ्य स्वयम् सेविका सम्मान तथा गर्भवती खाजा कार्यक्रम, कुडुले स्वास्थ्यचौकी, वडा नं.२

मिति २०७६/१०/२८ गते वडा नं.२ स्थित कुडुले स्वास्थ्य चौकीद्वारा  त्यस क्षेत्रमा सक्रिय ९ जना महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सिम कार्ड सहितको मोबाइल र सम्मान पत्र प्रदान गरिएको छ | विकट स्थानको महिला तथा प्रजनन् एवं बालबालिकाको स्वास्थ्य क्षेत्रमा उल्लेख्य योगदान पुर्याए वापत उक्त सम्मान र स्थानीयवासीले सहज रुपमा महिला स्वास्थ्य स्वयम्सेविका संग सम्पर्क गर्न सकुन भन्ने उद्देश्यले  सीम सहितको मोबाइल उपलब्ध गराइएको उपाध्यक्ष निर्मला हिम्डूङ्ले बताउनु भयो |

उक्त कार्यक्रममा गाउँपालिकाको उपाध्यक्ष, वडा २ नं.वडा अध्यक्ष सुर्य ब.मुक्तान वडा सदस्यहरु लगाएतको उपस्थीति रहेको थियो | कार्यक्रममा उपाध्यक्ष हिम्डूङ्गले  महिला तथा बालबालिकाको पोषणमा विशेष ध्यान पुर्याउन र  हाल महामारीको रुपमा विश्वमा फैलिरहेको कोरोना भाइरससंग  सचेत रहन सबैलाई आग्रह गर्नुभयो |

वडा अन्तर्गतको रु.५०,०००/- बजेट शिर्षकबाट उक्त कार्यक्रम गरिएको हो | साथै उक्त दिनबाट प्रत्येक सोमबार पोषण युक्त  खाजाको साथ गर्भवती परिक्षण गर्ने कार्यको समेत सुरुवात गरिएको छ |

   

आर्थिक वर्ष: