FAQs Complain Problems

सूचना :

राक्सिराङ्ग गाउँपालिकाद्वारा चेपाङ्ग लक्षित लोकसेवा अभिमुखीकरण तथा नि:शुल्क तयारी कक्षा संचालन

राक्सिराङ्ग गाउँपालिकाले चेपाङ तथा विपन्नहरुलाई  लक्षित गरि लोकसेवा अभिमुखीकरण तथा नि:शुल्क तयारी कक्षाको कार्यक्रम संचालन गरेको छ |  यही फाल्गुन २ गते बागमती प्रदेश सभा संसद  माननीय सन्त बहादुर चेपाङको प्रमुख आथित्यतामा कार्यक्रमको उद्घाटन गरिएको हो |

सुबिधाबाट बन्चित चेपाङ समुदायको युवाहरुलाई सरकारी सेवामा आकर्षित गर्ने उदेश्यले यो कार्यक्रमको सुरुवात गरेका हौँ, अध्यक्ष राजकुमार मल्लले उद्घाटन कार्यक्रममा भन्नु भयो |

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष निर्मला हिम्डूङ्ग, माननीय सन्त बहादुर चेपाङ, वडा अध्यक्ष रामकृष्ण प्रजा,  प्रमुख प्रशासकीय अधिकृत लगाएत  गाउँपालिकाको सामाजिक विकास शाखाका  अधिकृतहरु गोविन्द अधिकारी, गोविन्द विश्वकर्मा लगाएतले  मन्तव्य राखेका थिए | ३० जना प्रशिक्षार्थीहरु रहने उक्त कार्यक्रम चैनपुर स्थित गाउँपालिकाको भवनमा संचालन हुनेछ |

ख्याति प्राप्त लाेकसेवा स्राेत व्यक्तिहरुद्वारा सहजिकरण गरिने उक्त कार्यक्रम २० दिनसम्म चल्ने  गाउँपालिकाका सामाजिक विकास शाखाका प्रमुख तथा यस कार्यक्रमका संयोजक गोविन्द अधिकारीले बताउनु भयो  ।

आर्थिक वर्ष: