FAQs Complain Problems

सूचना :

राक्सिराङ्ग गाउँपालिका दोश्रो रनिङ शिल्ड गोल्डकप फुटबल प्रतियोगिता सम्पन्न, वडा नं.३ विजयी

माघ १७ राक्सिराङ्ग, राक्सिराङ्ग गाउँपालिका दोश्रो रनिङ शिल्ड गोल्ड कप फुटबल प्रतियोगिता राक्सिराङ्ग वडा नं. ०३ ले जितेको छ | वडा नं. ०४ र ०३ बीच भएको फाइनल खेलमा  वडा नं. ०३ ले १-0 गोल अन्तरले उपाधि जित्यो | 

´बिकास, अनुशासन र गतिशिलता` को नारा सहित २०७६/०८/१८ गते देखी सुरु भएको प्रतियोगिताको समापन कार्यक्रम बागमती प्रदेश सभा संसद माननीय इन्द्र ब. बानियाको प्रमुख अतिथ्यमा भएको हो ।

 लिग कम नकाउटका आधारमा खेलाइएको खेलमा गाउँपालिकाको ९ वटै वडाबाट एक एक टोलिको सहभागिता थियो  |  विजेताले नगद रु एक लाख, ट्रफी एवं मेडल  र उपविजेताले नगद रु. पचास हजार शिल्ड र मेडल र प्रमाण पत्र प्राप्त गरे। त्यस्तै  विभिन्न विधाका उत्कृष्ठ खेलाडीहरुलाई समेत ट्रफी प्रदान गरियो । खेलाडीहरुलाई प्रमुख अतिथि, गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष निर्मला हिम्डूङ्ग, वडा अध्यक्षहरु लगाएतले ट्रफी एवं प्रमाण पत्र वितरण गर्नुभयो |

प्रतियोगिता राक्सिराङ्ग गाउँपालिकाको ८ लाख बजेटबाट राक्सिराङ्ग गाउँपालिका युवा तथा खेलकुद विकास समितिको आयोजनामा खेल संचालन गरिएको हो |

 

आर्थिक वर्ष: