FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

चेपाङ्ग लक्षित लोकसेवा अभिमुखीकरण तथा नि:शुल्क तयारी कक्षा संचालन

राक्सिराङ्ग गाउँपालिकाले चेपाङ तथा विपन्नहरुलाई  लक्षित गरि लोकसेवा अभिमुखीकरण तथा नि:शुल्क तयारी कक्षाको कार्यक्रम संचालन गरेको छ |  चैनपुर स्थित गाउँपालिकाको भवनमा संचालन  भैरहेको उक्त कार्यक्रममा ३० जना प्रशिक्षार्थीहरु रहेका  छन् |

राक्सिराङ्ग गाउँपालिकामा सुचनाको हक सम्बन्धि तालिम संचालन

राक्सिराङ गाउँपालिकामा सूचनाको हक सम्बन्धी दुई दिने तालिमको आयोजना गरिएको  छ । तालिमको सुरुवात गर्दै नेपाल सरकार पूर्व सचिव एवं पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले स्थानीय सरकार सफल हुनका लागि सुशासनका प्रावधानलाई अबलम्बन गरिनुपर्ने बताउनुभयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार मल

राक्सिराङ्ग गाउँपालिकाद्वारा चेपाङ्ग लक्षित लोकसेवा अभिमुखीकरण तथा नि:शुल्क तयारी कक्षा संचालन

राक्सिराङ्ग गाउँपालिकाले चेपाङ तथा विपन्नहरुलाई  लक्षित गरि लोकसेवा अभिमुखीकरण तथा नि:शुल्क तयारी कक्षाको कार्यक्रम संचालन गरेको छ |  यही फाल्गुन २ गते बागमती प्रदेश सभा संसद  माननीय सन्त बहादुर चेपाङको प्रमुख आथित्यतामा कार्यक्रमको उद्घाटन गरिएको हो |

गाउँपालिकाद्वारा कोरोना भाइरसबारे जानकारी प्रदान गर्न हेल्प डेस्क संचालन

राक्सिराङ्ग गाउँपालिकाद्वारा कोरोना भाइरसबारे जानकारी प्रदान गर्न  राक्सिराङ्ग स्वास्थ्य चौकी, चैनपुरमा  हेल्प डेस्क स्थापना गरेको छ | हेल्प डेस्क मार्फत स्वास्थ्यकर्मीहरुले कोरोना भाइरस सम्बन्धि परामर्श, संदेशमुलक सामग्रीहरु उपलब्ध गराई सेवा प्रदान गरिरहेका छन् | 

गाउँपालिकाबाट श्री प्रजा जागृति आधारभुत विद्यालय, चैनपुरको अनुगमन

 गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्र.प्र.अ. लगाएतको टोलीले  वडा नं. ५ चैनपुरस्थित  श्री प्रजा जागृति आधारभुत विद्यालयको शिक्षण शिकाई, भौतिक अवस्था, विद्यार्थी एवं शिक्षक उपस्थिति जस्ता पक्षहरुको  निरीक्षण र अनुगमन गरियो |

महिला स्वास्थ्य स्वयम् सेविका सम्मान तथा गर्भवती खाजा कार्यक्रम, कुडुले स्वास्थ्यचौकी, वडा नं.२

मिति २०७६/१०/२८ गते वडा नं.२ स्थित कुडुले स्वास्थ्य चौकीद्वारा  त्यस क्षेत्रमा सक्रिय ९ जना महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सिम कार्ड सहितको मोबाइल र सम्मान पत्र प्रदान गरिएको छ | विकट स्थानको महिला तथा प्रजनन् एवं बालबालिकाको स्वास्थ्य क्षेत्रमा उल्लेख्य योगदान पुर्याए वापत उक्त सम्मान र स्थान

वडा नं.१ का सडक योजनाहरुको अनुगमन

मिति २०७६/१०/२४  गते वडा नं.१ का सडक मर्मत तथा ट्रयाक ओपन कार्यहरुको अनुगमन गरिएको छ | राक्सिराङ्ग गाउँपालिकाको  उपाध्यक्ष एवं योजना अनुगमन समितिका संयोजक निर्मला हिम्डुङ्ग, प्रमुख प्रशासकीय अधिकृत  युवराज आचार्य, योजना शाखा प्रमुख, शिक्षा शाखाका कर्मचारीका साथै प्राविधिकहरुको उपस्थितिमा ४ वटा सड

Pages