FAQs Complain Problems

सूचना :

सार्वजनिक सुनुवाई एवं वडा कार्यालय उद्घाटन कार्यक्रम- राक्सिराङ्ग-७, गर्लिंङ

 मिति २०७६ जेष्ठ २३ गते राक्सिराङ्ग गाउँपालिका वडा नं. ०७, गर्लिंङ  स्थित नव निर्मित वडा कर्यालय भवनमा  सार्वजनिक सुनुवाई कार्यक्रम  र वडा कार्यालय उद्घाटन कार्यकम  गरिएको  छ | ७ नं. वडा अध्यक्ष कुल ब.प्रजाको सभाध्यक्षता रहेको कार्यक्रममा  ३ नं. प्रदेश सभा सदस्य सन्त ब. चेपाङ प्रमुख अतिथि थिए भने अतिथिहरुमा गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, गाउँपालिका उपाध्यक्ष निर्मला हिम्डूङ्ग, प्रमुख प्रशासकीय अधिकृत राम्कुम्र पुडासैनी, वडा नं.  ९ का अध्यक्ष रामकुमार वाल्वाथिङ्ग, नेपाली कांग्रेस जिल्ला कमिटि सदस्य नवराज सुवेदी, इन्जिनियर रुपक सुवेदी, सूचना अधिकारी अन्जन हटुवाल र पत्रकार कृष्ण सारु मगर लगाएत थिए |

प्रमुख जवाफकर्ता रहेका अध्यक्ष मल्ले स्थानीय गिट्ठा लगाएतका उत्पादननको बजार प्रवर्द्धनमा गाउँपालिका गम्भीर रहेको साथै शिक्षा, स्वास्थ्य एवं जनचेतनामुलक कार्यक्रमलाई प्राथमिकतामा राख्ने समेत बताउनु भयो |    

सार्वजनिक सुनुवाई एस.एम.एस. मिडिया प्रालिको संयोजनमा गरिएको थियो |

आर्थिक वर्ष: