FAQs Complain Problems

सूचना :

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पालिका स्तरीय कार्यक्रम सम्पन्न -विपद जोखिमको तयारीका साथै लागूऔषध निरुत्साहित गर्ने नीतिमाथि छलफल

आज मिति २०७६/०३/१९ गतेका दिन राक्सिराङ्ग गाउँपालिकाको वडा नं.५ चैनपुर स्थित राक्सिराङ्ग गाउँपालिकाको कार्यालयमा गाउँपालिका अध्यक्ष राजकुमार मल्लको संयोजकत्वमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पालिका स्तरीय कार्यक्रम सम्पन्न गरियो |

कार्यक्रममामा  गाउँ  विपद व्यवस्थापन समितिका सदस्यहरु लगाएत इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी नायब निरीक्षक राजेन्द्र बहादुर आले, वडा अध्यक्षहरु, स्वास्थ्यकर्मी,  स्थानीय क्लब र टोल विकास समितिका प्रतिनिधिहरु, स्थानीय बुद्दिजिबि लगाएतकाको उपस्थिति थियो |

 कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी,  स्थानीय क्लब र टोल विकास समितिका प्रतिनिधिहरु, स्थानीय बुद्दिजिबि, नागरिक समाज, नेपाल प्रहरी सबैले विपद  परेको स्थानको जानकारीका साथै लागु औषध सम्बन्धि सूचना प्रहरीलाई उपलब्ध गराई  तुरुन्त उपलब्ध गराई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो | साथै सो सम्बन्धि जनचेतनामुलक सूचनाहरु प्रबाह गर्ने निर्णय गरियो |

कार्यक्रममा विपदको सामना गर्न गाउँपालिका पूर्ण रुपमा तयार रहनुका साथै विपद सामग्रीहरु खरिद गरिएको र विपद जोखिम न्यूनीकरण सम्बन्धि सूचना प्रवाह समेत गाउँपालिकाले गरिरहेको अध्यक्ष मल्ले बताउनुभयो |

 

   

 

आर्थिक वर्ष: