FAQs Complain Problems

सूचना :

राक्सिराङ्ग गाउँपालिकामा सुचनाको हक सम्बन्धि तालिम संचालन

राक्सिराङ गाउँपालिकामा सूचनाको हक सम्बन्धी दुई दिने तालिमको आयोजना गरिएको  छ । तालिमको सुरुवात गर्दै नेपाल सरकार पूर्व सचिव एवं पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले स्थानीय सरकार सफल हुनका लागि सुशासनका प्रावधानलाई अबलम्बन गरिनुपर्ने बताउनुभयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष निर्मला हिमडुङ, बरिष्ठ पत्रकार प्रभात चलाउने लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रम स्टेट भिजन प्रा.लि.को आयोजना तथा राक्सिराङ गाउँपालिकाको आर्थिक सहयोगमा कार्यक्रम भएको हो ।

स्थानीय तहमा सुशासन कायम गर्न र सूचनाको हक कार्यान्वयन गर्न गाउँपालिकाले तालिमको व्यवस्था गरेको हाे ।

तालिममा कार्यपालिका सदस्यहरु, वडाध्यक्षहरु, वडा सचिवहरु तथा कर्मचारी र बिषयगत शाखाका प्रमुखहरुको सहभागिता रहेको छ ।

आर्थिक वर्ष: