FAQs Complain Problems

पोषण प्रवर्द्धन अभियानमा राक्सिराङ्ग स्वास्थ्यचौकी

राक्सिराङ्ग गाउँपालिकाको प्रांगणमा रहेको राक्सिराङ्ग स्वास्थ्य चौकीले पोषण शिक्षा व्यवहारिक रुपमै लागु गर्न करेसाबारीको निर्माण गरेको छ ।स्वास्थ्यचौकीलाई पोषण तथा वातावरणमैत्री बनाउन फुलबारी र करेसाबारीको निर्माण गरिएको छ । स्वास्थ्यचौकी नजिकै १००० दिनको आमा र जेष्ठ नागरिकलाई लक्षित गर्दै करेसाबारीको निर्माण गरिएको छ । करेसाबारीमा मौसमी तथा बेमौसमी तरकारी बाह्रै महिना तरकारी फलाउने स्वास्थ्यचौकीको योजना छ । उत्पादित तरकारी स्वास्थ्यचौकीमा बहिरंग सेवा लिन आउने १००० दिनको आमा, जेष्ठ नागरिक र समुदायका अन्य व्यक्तिहरुलाई समेत सम्भब भए सम्म वितरण गरिदै आएको छ । स्वास्थ्य चौकीले दुई स्थानमा करेसाबारी निर्माण गरी अहिले लौका, गोलभेँडा, फर्सीलगायत मौसमी तरकारी उत्पादन गरी वितरण गरिरहेको छ ।

यस राक्सिराङ्ग गाउँपालिकामा रहेका अधिकाँश चेपाङ बालबालिका कुपोषित छन् । जसको मुख्य कारण गर्भावस्था देखि १००० दिनको अवधिमा आमाहरुको पोषनयुक्त खानेकुराको अभाब हुनु नै हो । यदि चेपाङ परिवारमा पोषण शिक्षा प्रबर्द्धन भइ ब्यबहारिक रुपमै लागु हुने हो भने राक्सिराङ्ग गाउँपालिकामा रहेको चेपाङ समुदायको बालबालिको भविष्य उज्ज्वल बन्न सक्छ ।

आर्थिक वर्ष: