FAQs Complain Problems

सूचना :

जेष्ठ नागरिक(६८ बर्ष माथि) ,जेष्ठ नागरिक दलित(६० बर्ष माथि), जेष्ठ नागरिक एकल महिला (६० बर्ष माथि), असहाय एकल महिला (विधवा), पूर्ण अपाङ्ग र अति अशक्त अपाङ्गता, दालित बालबालिका(५ बर्ष मुनिका)

सेवा प्रकार:

लाग्ने समय: 
उमेर/प्रमाण पुगे पश्चात सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गरेको आगामी महिनाबाट भत्ता प्राप्त हुने
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
नलाग्ने
आवश्यक कागजातहरु: 
  • नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
  • पासपोर्ट साइजको २ प्रति फोटो,
  • बालबालिकाको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र संरक्षकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
  • अपाङ्गता (क र ख वर्ग) भएको व्यक्तिको हकमा गाउँपालिकाबाट जारी भएको अपाङ्गता परिचयपत्रको प्रतिलिपि साथै पूर्ण अपाङ्ग (क वर्ग) को हकमा संरक्षकको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
  • असहाय एकल (विधवा) महिलाको हकमा पतिको मृत्युदर्ता प्रमाणपत्रको प्रतिलिपि र अर्को विवाह नगरेको वडाको सिफारिस,
  • सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको ६० वर्ष माथिको महिलाको हकमा सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्रको प्रतिलिपि र अर्को विवाह नगरेको वडाको सिफारिस,
  • न्यायिक पृथकीकरण गरी बसेका ६० वर्ष माथिको महिलाको हकमा न्यायिक पृथकीकरण भएको प्रमाणपत्रको प्रतिलिपि,
  • ६० वर्ष माथिको अविवाहित महिलाको हकमा विवाह नगरेको वडाको सिफारिस