FAQs Complain Problems

सूचना :

गाउँपालिकाद्वारा नवनिर्मित सडक छेउछाउ वृक्षारोपण

राक्सिराङ्ग गाँउपालिकाले मनहरी चैनपुर सडक निर्माणबाट हुन गएको वातावरणीय क्षतिको पूर्ति गर्न सडक किनारामा वृक्षारोपण गरेको छ |  आषाढ १४ गते रहेको राष्ट्रिय वृक्षारोपण  दिवसको अघिल्लो दिनबाटै गाउँपालिकाले  यो अभियानको सुरुवात गरेको छ | ६ कि.मी. लम्बाई रहेको  मनहरी-चैनपुर सडक खण्डको आपखोल्सी क्षेत्रबाट वृक्षारोपणकार्यको सुरुवात गरिएको छ | कार्यक्रममा राक्सिराङ्ग गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष निर्मला हिम्डुङ्ग, सु.प्र.अ.अन्जन हटुवाल लगाएत अन्य कर्मचारीहरुका साथै  राप्ति डिभिजन वन कार्यालय, मनहरीका प्रमुख दिर्घ कोइराला र सहायक बन अधिकृत भारत भण्डारीसमेतको उपस्थिति रहेको थियो | बाँस, अम्रिसो, निंगालो लगाएतका विभिन्न जातका ३००० भन्दा बढी बिरुवाहरु रोपियो |

विकास निर्माणको कार्य संगै वातावरणमा पर्न गएको असरको पूर्ति गर्न हरेक बाटो किनारामा वृक्षारोपण गरिने योजना रहेको छ, अध्यक्ष मल्लले बताउनुभयो |

आर्थिक वर्ष: