FAQs Complain Problems

सूचना :

प्राय सोधिने प्रश्नहरु

नेपाल सरकारले हाल देहायका वर्गका नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आइरहेको छ:

जेष्ठ नागरिक:

६८ वर्ष उमेर पुगेको

मासिक रु.४०००

अन्य जेष्ठ नागरिक:

६० वर्ष उमेर पुगेका साविक कर्णालीका जिल्लाहरुका नागरिक र देशभरीका दलित नागरिक

मासिक रु.२६६०

एकल महिला:

विवाह नगरी बसेका ६० वर्ष उमेर पुगेका महिला, सम्बन्ध विच्छेद वा न्यायिक पृथकीकरण गरी, बसेका ६० वर्ष उमेर पुगेका र पतिको मृत्यु भएका ६० वर्ष उमेर पुगेका

मासिक रु.२६६०

विधवा:

पतिको मृत्यु भएका जुनसुकै उमेरका

मासिक रु.२६६०

पूर्ण अपाङ्गता भएका:

सम्बन्धित निकायबाट क वर्ग अर्थात् रातो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरु

मासिक रु.३९९०

अति अशक्त अपाङ्गता:

सम्बन्धित निकायबाट ख वर्ग अर्थात् नीलो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरु

मासिक रु.२१२८

लोपोन्मुख आदिवासी/जनजाति:

कुसुन्डा, बनकरिया, राउटे, सुरेल, हायु, राजी, किसान, लेप्चा, मेचे र कुसवडिया, पत्थरकट्टा, सिलकट, कुशवधिया, कुचबधिया

मासिक रु.३९९०

बालबालिका:

अनुसूची ५ बमोजिम नेपाल सरकारले तोकेका क्षेत्र तथा जिल्ला र देशभरिका दलित परिवारका पाँच वर्ष उमेर ननाघेका एक आमाबाट जन्मिएका बढीमा दुई सन्तानलाई

मासिक रु.५३२