FAQs Complain Problems

गाउँपालिकाद्वारा COVID19 (कोरोना भाइरस) नियन्त्रणको सम्बन्धमा सर्वपक्षीय बैठक सम्पन्न

राक्सिराङ्ग गाउँपालिकाद्वारा COVID19 (कोरोना भाइरस) नियन्त्रणको सम्बन्धमा सर्वपक्षीय/सर्वदलीय बैठक बसी महत्वपूर्ण निर्णयहरु गरेको छ | गाउँपालिका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा बसेको बैठकमा बागमती प्रदेशसभा सांसद माननीय सन्त बहादुर चेपाङ, ओम बहादुर ग्लान, नेकपा राक्सिराङ्गका पार्टी प्रतिनिधि हस्त बहादुर मुक्तान, काँग्रेस राक्सिराङ्गका पार्टी प्रतिनिधि बिरेन्द्र जिम्बा, वडा अध्यक्षहरु, गाउँ कार्यपालिका सदस्यहरु, प्रहरी चौकी चैनपुरका इन्चार्ज, स्थानीय समाजसेवी, गाउँकार्यपालिकाको कार्यालयका शाखा प्रमुखहरु लगाएतकाको उपस्थितिमा बैठक बसी COVID19 (कोरोना भाइरस) रोकथाम तथा नियन्त्रणका सम्बन्धमा निम्न निर्णयहरु गरिएको हो |

 

निर्णयहरु:

 

१. मनहरी खोला नाकामा तत्काल हेल्थ डेस्क स्थापना गर्ने

 

२. स्वास्थ्यकर्मीहरुलाई २४ सै घण्टा सेवा दिन निर्देशन दिने

 

३. आवश्यक स्वास्थ्य सामग्रीहरु तत्काल खरिद गरि परिचालन गर्न निर्देशन दिने

 

४. स्वास्थ्यकर्मीहरुलाई उपचारमा आवश्यक पर्ने ड्रेस खरिद गर्न निर्देशन दिने

 

५. गाउँपालिका क्षेत्र भित्र क्वारेन्टाइन र आइसोलेशनको लागि उपयुक्त स्थान छनौट गरि आवश्यक व्यवस्था मिलाउने

 

६. गाउँपालिका क्षेत्रका जनतालाई १५ दिन सम्म सार्वजनिक स्थलहरुमा उपस्थित नहुन वडाहरुलाई निर्देशन दिने

 

७. खटिने स्वास्थ्यकर्मीहरुलाई नियमानुसार जोखिम भत्ता उपलब्ध गराउने

 

८. उपरोक्त कार्य तत्काल गर्न गाउँपालिका स्वास्थ्य संयोजक विजय कुमार कापरिलाई निर्देशन दिने

 

आर्थिक वर्ष: