FAQs Complain Problems

सूचना :

चेपाङ विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान

राक्सिराङ्ग गाउँपालिकाले चेपाङ विकास समन्वय समिति, राक्सिराङ्ग मार्फत गाउँपालिका भित्रका कक्षा  ११ र १२ मा अध्ययनरत ३३ जना चेपाङ विद्यार्थीहरुलाई शैक्षिक छात्रवृत्ति स्वरूप क्रमश रु सात हजार र रु. दश हजारका दरले रकम  प्रदान गरेको छ |

एक कार्यक्रम बीच चैनपुरमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षले रकम वितरण गर्नुभयो | चेपाङ विकास समन्वय समिति, राक्सिराङ्गका अध्यक्ष प्रताप चेपाङको सभाध्यक्षता रहेको कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्यता थियो भने गाउँपालिका उपाध्यक्ष निर्मला हिम्डूङ्ग र वडा नं. ८ का अध्यक्ष रामकृष्ण प्रजाको आतिथ्यता रहेको थियो | गाउँपालिकाको चेपाङ्ग विकास कार्यक्रम अन्तर्गतको जम्मा १० लाख बजेट अन्तर्गतबाट सो छात्रवृत्ति प्रदान गरिएको हो |

अध्यक्ष मल्लले चेपाङ्ग समुदायको विकासको लागि  शिक्षामा लगानी बढाउदै लैजाने प्रतिवद्धता समेत जनाउनुभयो |  

आर्थिक वर्ष: