FAQs Complain Problems

सूचना :

अगुवा कृषक एवं पशुपालकहरुलाई कृषि र पशुपालन सम्बन्धि छुट्टाछुट्टै ३ दिने तालिम सम्पन्न

राक्सिराङ्ग गाउँपालिका वडा नं.२ को आयोजनामा त्यस वडाका २० जना अगुवा कृषक र २० जना पशुपालकहरुलाई ३ दिने अभिमुखीकरण तालिम प्रदान गरिएको छ |

कार्यक्रमलाइ गाउँपालिकाका कृषि र पशुपन्छी विकास शाखाका संयोजकहरुले सहजीकरण गर्नुभएको थियो | वडागत रु. ५०/५० हजार रुपैयाबाट दुइवटा तालिम प्रदान गरिएको हो |

२०७६ आषाढ १०  देखि १२ गते सम्म पशुपालक र आषाढ १३ गते देखि १५ गते सम्म कृषकहरुलाई तालिम प्रदान गरिएको हो | समापन तथा प्रमाण पत्र वितरण कार्यक्रममा वडा नं.२ का वडा अध्यक्ष सुर्य ब.मुक्तानको सभाध्यक्षता रहेको थियो भने गाउँपालिका अध्यक्ष राजकुमार मल्ल प्रमुख अतिथि, गाउँपालिका उपाध्यक्ष निर्मला हिम्डूङ्ग विशेष अतिथि थिए |

 

आर्थिक वर्ष: