FAQs Complain Problems

जापानिज दुतावासको सहयोगमा कुडुलेमा नयाँ विद्यालय भवन बन्ने

नेपाल स्थित जापानीज दुतावासमा आज मिति २०७६ असोज १४ गते जापान सरकार, जापानिज दुतावासले प्रदान गर्ने Grant Assistance for Grassroots Human Security Projects (GGP) बाट श्री प्रजा प्रगति आधारभूत विद्यालय, राक्सिराङ्ग २, कुडुलेका लागि रु.१ करोड लागतमा ६ कोठे नयाँ विद्यालय भवन निर्माण गर्न जापानिज दुतावास, राक्सिराङ्ग गाउँपालिका र विद्यालयबीच सम्झौता भएको छ | एक वर्षमा सम्पन्न हुने गरि सम्झौता गरिएको हो |

उक्त सम्झौता कार्यक्रममा माननीय ३ नं. प्रदेश सभा सदस्य श्री इन्द्र ब. बानियाँ, राक्सिराङ्ग गाउँपालिकाका अध्यक्ष श्री राजकुमार मल्ल, श्री प्रजा प्रगति आधारभूत विद्यालयका प्र.अ. गोपाल प्रसाद चौधरी र जापानिज दुतावासको तर्फबाट Deputy Chief of Mission Mr. Yuzo Yoshioka लगाएतकाको उपस्थिति रहेको थियो | कक्षा ८ सम्म पढाइ हुने  उक्त विद्यालयमा  अधिकांश  चेपाङ्ग विद्यार्थीहरुको बाहुल्यता रहेकोछ भने  विद्यालयमा ५ स्थाई र ४ निजि श्रोत गरि जम्मा ९ जना शिक्षकहरु रहेका छन् |
उक्त योजनाका लागि बिशेष पहल गर्नु हुने श्री इन्द्र ब. बानियाँ र जापानिज दुतावासप्रति राक्सिराङ्ग गाउँपालिका हार्दिक धन्यवाद व्यक्त गर्दछ |

आर्थिक वर्ष: