FAQs Complain Problems

समाचार

सुन्दर खैराङ्ग

Read More

प्राकृतिक राक्सिराङ्ग

Read More

मनमोहक काँकडा

Read More

हाम्रो बारेमा:

स्थानीय तहको नाम : राक्सिराङ्ग गाउँपालिका   

गाउँपालिकाको केन्द्र : चैनपुर

जम्मा वडा संख्या : ९

जम्मा जनसंख्या : ३०७६९ (घरधुरी सर्वेक्षण, २०७५ ), २६१९२ (२०५८ जनगणना)

जम्मा क्षेत्रफल : २२६.७ वर्ग किमि

समावेश गा.वि.स. : राक्सिराङ, काँकडा, खैराङ, सरिखेत

बसोबास गर्ने  जाति : तामाङ :५१.८%, चेपाङ:३७%, क्षेत्री:६.१%,दलित:२.५%,मगर:१.५%,नेवार:०.७%, ब्राम्हण:०.३%(घरधुरी सर्वेक्षण२०७५, गा.पा.)

भौगोलिक अवस्थिति :

पूर्व : हेटौडा उप-महानगरपालिका र कैलाश गाउँपालिका, मकवानपुर

पश्चिम : राप्ति नगरपालिका, चितवन

उत्तर : कैलाश गाउँपालिका, मकवानपुर र बेल्खु रोराङ्ग गाउँपालिका,धादिङ्ग

दक्षिण : मनहरी गाउँपालिका, मकवानपुर

(गाउँपालिका केन्द्र चैनपुरको अक्षान्तर :27°32’53.19”NL देशान्तर : 84°50’39.13”EL)

मकवानपुर जिल्लाको पश्चिमी उत्तर भागका ४ वटा साविक गा.वि.स.हरु राक्सिराङ्ग, काँकडा, खैराङ्ग र  सरिखेत मिलाई नेपाल सरकारको मिति २०७३/११/२७ को निर्णयले राक्सिराङ्ग गाउँपालिका गठन भएको हो | यस गाउँपालिकाको जनसंख्या ३०७६९ (घरधुरी सर्वेक्षण,२०७५, राक्सिराङ्ग गा.पा.), कुल क्षेत्रफल २२६.७ वर्ग कि.मि. र जनघनत्व १३५.७२  प्रति व्यक्ति वर्ग कि.मि.छ | यसको पूर्वमा हेटौडा उप-महानगरपालिका र कैलाश गाउँपालिका, पश्चिममा चितवन जिल्लाको राप्ति नगरपालिका, दक्षिणमा मनहरी गाउँपालिका र उत्तरमा कैलाश गाउँपालिका र धादिङ्ग जिल्लाको बेल्खु रोराङ्ग गाउँपालिका पर्दछ | आदिवासी र अल्पसंख्यक चेपाङ समुदायको बाहुल्यता रहेको यो भूगोल पृथक सभ्यता, संस्कृति र सम्भावनाको भूमि हो ।
 

जन प्रतिनिधि

अध्यक्ष
Phone:
९८५५०७७६०१ / ९८५५०६९४०५
उपाध्यक्ष
Phone:
९८५५०७७६०२ / ९८४५५९९५४१

पदाधिकारी

सेवाहरु

सेवा प्रकारः- सिफारिस
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव , सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- रु.२००
आवश्यक कागजातहरुः-

१)  निवेदन पत्र  र  अंगिकृत  नागरिकता  प्राप्त गर्ने खोजेका स्पष्ट आधार
२) साविक मुलुकका नागरिकता परित्याग गरेकोे वा परित्याग   गर्ने   कारवाही   चलाएका पुष्टि गर्ने कागजातहरु
३) नेपालमा १५ वर्षदेखि कुनै व्यवसाय वा काम गरी वसेको प्रमाणपत्रकोे प्रतिलिपि
४) बैबाहिक अंगिकृत नागरिकताको लागि विवाह दर्ता प्रमाणपत्रकोे  प्रतिलिपि र  सम्बन्धित  देशको आधिकारिक प्रमाणपत्र
५) नेपाली भाषा लेख्न र वोल्न जान्ने प्रमाण कागजातहरु
६) पासपोर्ट साईजको फोटोे ३ प्रति
७) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति करतिरेको रसिद
८) सर्जमिन मुचुल्का

सेवा प्रकारः- सिफारिस
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन , सर्जमिनको हकमा बढीमा
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव , सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- रु.१२० र रु.२००
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र आमा र बुबाको नागरिकता प्रमाणपत्रकोे प्रतिलिपि
२) जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
३) विवाहित  महिलाको  हकमा पति र आमा र बुबाको नागरिकता प्रमाण पत्रकोे प्रतिलिपि
४) चारित्रीक प्रमाणपत्रकोे प्रतिलिपि (बिद्यार्थीका हकमा)
५) विवाह दर्ता प्रमाणपत्रकोे प्रतिलिपि (बिबाहिताका हकमा)
६) बसाँई सरी आएको हकमा बसाँइ सराईको प्रमाण पत्रको प्रतिलिपि
७) दुवै कान देखिने पासपोट साईजका फोटो २ प्रति
८) चालुु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
९) कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयका सिफारिस
१०) प्रतिलिपि नागरिकताका हकमा पुराना नागरिकताका प्रतिलिपि

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव , सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः-

निवेदन पत्र , श्रीमान / श्रीमतीका नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, श्रीमतीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव , सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः-

निवेदन पत्र , अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाण , पति पत्नीको नागरिकताको प्रतिलिपि - १/१ प्रति , केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनु पर्ने ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र निशुल्क । रु ५०।–
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र
२) मृतकका  नागरिकता र सूचना  दिन आउनेका नागरिकता
३) मृतक सँग सम्बन्ध जोडिने प्रमाणपत्र
४) अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र
५) मृतकका नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र
६) सूचना दिन व्यक्तिका नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव , सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः-

निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि , बसाई सराई गरि जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाई सराईको कागजात , जहाँ जाने हो त्यस ठाउँको लालपुर्जा पनि पाश गर्नु पर्ने । बसाई सराई गरि आउनेको हकमा बसाई सराई गरि ल्याएको प्रमाणपत्र , जाने आउने सबै व्यक्तिको नागरिकता र जन्म दर्ताको प्रतिलिपि , चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकिकृत सम्पति कर तिरेको रसिद ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव , सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः-

निवेदन पत्र , बाल बालिकाको बाबु / आमाको नागरिकता , चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पति कर तिरेको रसिद , अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रतिलिपि ।

जानकारी