FAQs Complain Problems

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुझावको सम्बन्धमा सरोकारवालाहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

पुष १६, राक्सिराङ्ग गाउँपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुझावको सम्बन्धमा सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ |  

गाउँपालिका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य माननीय श्री ओम ब.घलान प्रमुख अतिथि, संबिधान सभा सदस्य श्री राजाराम स्याङ्गतान विशेष अतिथि,  प्रदेश सभा सदस्य  माननीय श्री सन्त ब. चेपाङ, गाउँपालिका उपाध्यक्ष निर्मला हिम्डूङ्ग, वडा अध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य एवं कर्मचारीहरु,  राजनीतिक दलका प्रतिनिधिहरु लगाएत  संघ संस्थाका प्रतिनिधि , स्थानीयहरु एवं संचारकर्मीहरुको आथित्यता रहेको थियो |

अन्तरक्रियाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुझावहरु पालना गर्ने र  गाउँपालिकाको काम कारबाहीको सम्बन्धमा गाउँपालिका भित्रैबाट समस्याको हल निकाल्ने एवं भ्रष्टाचार बिरुद्द  सबै एक जुट हुने साझा प्रतिबद्धतामा हस्ताक्षर समेत गरियो |

   

आर्थिक वर्ष: