सूचना :
हाम्रो बारे :
संक्षिप्त जानकारी :
स्थानीय तहको नाम : राक्सिराङ्ग गाउँपालिका
गाउँपालिकाको केन्द्र : राक्सिराङ्ग ५, चैनपुर
जम्मा वडा संख्या : ९
जम्मा जनसंख्या : ३०८३० (घरधुरी सर्वेक्षण, २०७५ ), २६१९२ (२०६८ जनगणना)
जम्मा क्षेत्रफल : २२६.७ वर्ग किमि
समावेश गा.वि.स. : राक्सिराङ्ग, काँकडा, खैराङ र सरिखेत
बसोबास गर्ने जाति : तामाङ :५१.८%, चेपाङ:३७%, क्षेत्री:६.१%,दलित:२.५%,मगर:१.५%,नेवार:०.७%, ब्राम्हण:०.३%(घरधुरी सर्वेक्षण२०७५, गा.पा.)
भौगोलिक अवस्थिति :
पूर्व : हेटौडा उप-महानगरपालिका र कैलाश गाउँपालिका, मकवानपुर
पश्चिम : राप्ति नगरपालिका, चितवन
उत्तर : कैलाश गाउँपालिका, मकवानपुर र बेनिघाट रोराङ्ग गाउँपालिका,धादिङ्ग
दक्षिण : मनहरी गाउँपालिका, मकवानपुर
गाउँ कार्यपालिकाको कार्यालय, चैनपुरको भुस्थान विवरण :-
उत्तरी अक्षांश: 27°32’53.19”NL
पूर्वी देशान्तर : 84°50’39.13”EL
गुगल प्लस कोड : GRXV+6MW
गाउँ कार्यपालिकाको कार्यालयको स्थायी लेखा नं. : २०१३६०४७९
मकवानपुर जिल्लाको पश्चिमी उत्तर भागका ४ वटा साविक गा.वि.स.हरु राक्सिराङ्ग, काँकडा, खैराङ्ग र सरिखेत मिलाई नेपाल सरकारको मिति २०७३/११/२७ को निर्णयले राक्सिराङ्ग गाउँपालिका गठन भएको हो । यस गाउँपालिकाको जनसंख्या ३०८३० (घरधुरी सर्वेक्षण,२०७५, राक्सिराङ्ग गा.पा.), कुल क्षेत्रफल २२६.७ वर्ग कि.मि. र जनघनत्व १३५.७२ प्रति व्यक्ति वर्ग कि.मि.छ । यसको पूर्वमा हेटौडा उप-महानगरपालिका र कैलाश गाउँपालिका, पश्चिममा चितवन जिल्लाको राप्ति नगरपालिका, दक्षिणमा मनहरी गाउँपालिका र उत्तरमा कैलाश गाउँपालिका र धादिङ्ग जिल्लाको बेनिघाट रोराङ्ग गाउँपालिका पर्दछ । आदिवासी र अल्पसंख्यक चेपाङ समुदायको बाहुल्यता रहेको यो भूगोल पृथक सभ्यता, संस्कृति र सम्भावनाको भूमि हो ।
विपन्नता, अभावका समाचारमा आइरहने यो भूगोल पछिल्लो समय सम्भावनाको थलो बनेको छ। जल, जमीन, जंगल, जडिबुटि यो भूगोलको अमूल्य निधि हो ।
नेपालको वर्तमान संविधानले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पुरा गर्ने लक्ष्य लिएको छ । सोहि अनुसार गाउँपालिकाको शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र संचालन गर्ने अभिभारा गाउँ कार्यपालिकामा रहे अनुसार गाउँपालिकाले आफ्ना क्रियाकलाप संचालन गरिरहेको छ । जनताका इच्छा आकांक्षा र चाहनालाई गाउँसरकारबाट सम्बोधन गरि सङ्घीयताका लाभहरूको सम्प्रेषण गर्ने महत्वपूर्ण जिम्मेवारी हाम्रो सामु रहेकाले यो चुनौतीलाई अवसरका रुपमा रुपान्तरण गरि परिवर्तनका सकारात्मक नतिजाहरुतर्फ इमान्दार तरिकाले केन्द्रित भइरहेका छौँ ।
हालको वडा नं. |
समावेश भएका साविक गा.वि.स.हरु |
क्षेत्रफल (वर्ग कि.मि.) |
जनसंख्या |
घरधुरी |
१ |
सरिखेत ८ र ९ |
२१.६३ |
३६७० |
६०४ |
२ |
सरिखेत ६ र ७ |
१५.३५ |
२८१९ |
४४८ |
३ |
सरिखेत १, २, ३, ४ र ५ |
२०.५१ |
४४१२ |
७५३ |
४ |
राक्सिराङ्ग १, २, ३, ४, ५, ६ र ७ |
३०.७२ |
४०३७ |
५६७ |
५ |
राक्सिराङ्ग ८ र ९ |
१८.१४ |
३४५३ |
५४० |
६ |
काँकडा १ र ५ |
१०.३३ |
३२७५ |
५६० |
७ |
काँकडा ६, ७, ८ र ९ |
३५.५५ |
२५४४ |
४०२ |
८ |
काँकडा २, ३ र ४ |
३४.३२ |
२९८६ |
४५९ |
९ |
खैराङ्ग १, २, ३, ४, ५, ६, ७, ८ र ९ |
४०.१५ |
३६३४ |
६१३ |
जम्मा |
२२६.७ |
३०८३० |
४९४६ |