मिल्छ |
( व्यक्तिगत घटना दर्ता संग सम्बन्धित जवाफहरुको लागि : http://docr.gov.np/Home/FAQCivilReg )
मिल्छ |
( व्यक्तिगत घटना दर्ता संग सम्बन्धित जवाफहरुको लागि : http://docr.gov.np/Home/FAQCivilReg )
नेपाल सरकारले हाल देहायका वर्गका नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आइरहेको छ
(सामाजिक सुरक्षा संग सम्बन्धित जवाफहरुको लागि :http://docr.gov.np/Home/FAQSocialSecurity)
ज्येष्ठ नागरिक : कर्णालीः ६० वर्ष पुगेको, दलितः ६० वर्ष पुगेको, अन्यः ७० वर्ष पुगेको - मासिक रु. १०००।–
एकल महिला : विवाह नगरी बसेका महिलाः ६० वर्ष पुगेको, विवाह गरेका तर सम्बन्ध बिच्छेद भएकाः ६० वर्ष पुगेको ( विवाह भएमा त्यस्ता व्यक्तिको लगत काटिने र निजहरुले भत्ता प्राप्त गर्ने छैनन् । - मासिक रु. १०००।–
विधवा : पतिको मृत्यु भएका जुनसुकै उमेरका महिला ( विवाह भएमा त्यस्ता व्यक्तिको लगत स्वत.. काटिने र निजहरुले भत्ता प्राप्त गर्ने छैनन् ) -मासिक रु.१००० |-
पूर्ण अपाङ्गता भएका : महिला, बालबालिका कार्यालयबाट ‘क’ वर्ग अर्थात् रातो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरु - मासिक २०००।–
अति अशक्त अपाङ्गता भएका : महिला, बालबालिका कार्यालयबाट ‘ख’ वर्ग अर्थात् निलो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरु -मासिक रु.६०० |-
बालबालिका : पाँच वर्ष उमेर ननाघेका देहाय वमोजिमका बालबालिका, कर्णाली अञ्चलका जिल्लाहरुका एक आमाका बढीमा २ बालबालिका, देशभरीका दलित परिवारका एक आमाका बढीमा २ बालबालिका - मासिक रु. ४००।–
लोपोन्मुख आदिवासी/जनजाती : बनकरिया, राउटे, सुरेल, हायु, राजी, किसान, लेप्चा, मेचे र कुसवडिया (पत्थरकट्टा, सिलकट, कुशवधिया, कुचबधिया) जातीका नागरिकहरु - मासिक २०००।–