FAQs Complain Problems

गाँजा प्रभावित क्षेत्रका बेरोजगार युवा लक्षित तालिम कार्यक्रमको समुद्घाटन

राक्सिराङ्ग गाउँपालिकाले चालु आ.व. मा यस क्षेत्रका युवाहरुलाइ स्वरोजगार बनाउने उद्धेश्यले सिलाइकटाइ,सेकुरीटि गार्ड, हाउस वाइरीङ्ग, बेमौसमी तरकारी खेति, ब्युटिसियन र प्लाम्बिंग गरि ६ किसिमको तालिम कार्यक्रम एकै साथ सुरु गरेको छ | प्रत्येक तालिम कार्यक्रममा २० जना सहभागी रहनेका छन् भने दक्ष प्रशिक्षकहरुद्वारा तालिम  दिईनेछ | राक्सिराङ्ग गाउँपालिका र नेपाल भारत मैत्री बहुप्राविधिक संस्था (CTEVT) को संयुक्त आर्थिक  सहयोग तथा आयोजना र प्रवाह छिमेकी नेपालको व्यवस्थापन रहने उक्त  नि:शुल्क ३ महिने सिप विकास तालिम ३९० घन्टे तह १ को हुनेछ |  गाउँपालिका अध्यक्ष राजकुमार मल्लको  सभाध्यक्षता रहेको समुद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी, सम्पूर्ण प्रशिक्षार्थी र प्रशिक्षकहरुको उपस्थिति थियो |

आर्थिक वर्ष: