FAQs Complain Problems

गाउँपालिकाको आर्थिक सहयोगमा सहकारीको महिलाहरुलाई ७ दिने डल कुशन तालिम सम्पन्न

राक्सिराङ्ग गाउँपालिकाको रु. पाँच लाख बजेट सहयोगबाट गोदावरी महिला जागरण श्रम तथा सहकारी संस्था लि., राक्सिराङ्ग०३ पलासेंले मिति २०७६/०२/११ देखि १७ गते सम्म ७ दिने सीपमा आधारित डल कुशन बनाउने तालिम प्रदान गरेको छ |

 तालिममा सहकारीमा आबद्द ५० महिलाहरुको सहभागीता थियो | सहकरी अध्यक्ष सुकुमायाँ लामाको सभाध्यक्षतामा भएको समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष निर्मला हिम्डूङ्गको प्रमुख आतिथ्यता थियो भने वडा न.८ का वडा अध्यक्ष रामकृष्ण प्रजा बिशेष अतिथि, गाउँपालिकाका सूचना प्रविधि अधिकृत अन्जन हटुवाल र स्थानीय विरेन्द्र जिम्बा अतिथि थिए | कार्यक्रममा सहभागी एवं प्रशिक्षकलाइ प्रमाण पत्र समेत प्रदान गरिएको थियो |

आर्थिक वर्ष: