FAQs Complain Problems

गाउँपालिकाको बाल संरक्षण नीति निर्माण गर्न २ दिने कार्यशाला सम्पन्न

राक्सिराङ्ग गाउँपालिकाले गाउँपालिकाको बाल संरक्षण नीति निर्माण गर्नका लागि २ दिने कार्यशाला आयोजना गरेको छ | मिति २०७६ मङ्सिर  ३० र पौष १ गते संचालित कार्यशालामा गाउँपालिकाका  अध्यक्ष र उपाध्यक्ष सहित अन्य कार्यपालिका सदस्यहरु, कर्मचारीहरु, चैनपुर प्रहरी चौकी प्रमुख र पालिकामा बालबालिकाको क्षेत्रमा सक्रिय संस्थाका प्रतिनिधि  लगाएतको उपस्थिति रहेको थियो | प्लान इन्टरनेसनलको आर्थिक सहयोग र सामुदायिक विकास केन्द्र, नेपालको सहजिकरणमा संचालन गरिएको कार्यशालालाइ बाल संरक्षण परियोजनाका संयोजक बद्रि प्र. वाग्लेले सहजीकरण गर्नुभएको थियो   |

आर्थिक वर्ष: