FAQs Complain Problems

गाउँपालिकाको सुर्योदय मा.वि. स्थित क्वारेन्टाइन स्थल निरीक्षण तथा अवलोकन

राक्सिराङ्ग गाउँपालिकाले  संचालन गरेको ५० बेड क्षमता रहेको क्वारेन्टाइन स्थलमा रहेका व्यक्तिहरुको अवस्था बुझ्न उच्च सतर्कताका साथ दुरी कायम गरी  गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत,  स्वास्थ्य संयोजक, सूचना अधिकारी र सुरक्षाकर्मी सहितको टोलीले सो स्थानको भ्रमण गरेका छन्  | वडा नं.३ सरिखेत स्थित श्री सुर्योदय मा.वि. को भवनमा सुविधा सम्पन्न ५० बेड क्षमताको क्वारेन्टाइनमा हाल १७ जना रहेका छन् | जस मध्ये १६ जना भारतबाट आएका हुन भने १ जना उनीहरुलाई ल्याइएको सवारीसाधनका चालक रहेका छन् | निजहरुको RDT परिक्षण गरिसकिएको र सबैको रिपोर्ट नेगेटिभ प्राप्त भएको छ | क्वारेन्टाइनमा वाईफाई, पानि, बत्ति, खाजा र खाना लगाएतका सुविधाको राम्रो प्रवन्ध गरिएको  र  आफुहरु पूर्ण रुपमा सन्तुष्ट रहेको प्रतिक्रिया क्वारेन्टाइनमा रहेकाहरुले दिएका छन् | 

आर्थिक वर्ष: