FAQs Complain Problems

चैनपुर-बोटबारी-परेवाभिर-साइचा-खैराङ्ग-मलेखु सडकको डी.पी.आर. कार्य हुँदै

"चैनपुर-बोटबारी-परेवाभिर-साइचा-खैराङ्ग-मलेखु" सडकको डी.पी.आर. कार्यसुरु गरिएको छ | गाउँपालिका र प्रदेश सरकारको लगानीमा निर्माण गर्न लागिएको उक्त सडकलाई मुग्लिन-काठमाण्डौ सडकको बैकल्पिकको रुपमा हेरिएको छ |  मनहरी देखि मलेखुसम्म करिव  ५८ कि.मि.मात्र दुरी रहेको सो सडकले राक्सिराङ्ग गाउँपालिको  चेपाङ र तामाङहरुको बाहुल्यता रहेको विकट क्षेत्रहरुलाई सडक संजालमा जोडी समग्र विकासमा टेवा दिने विश्वास लिइएको छ | राक्सिराङ्ग गाउँपालिका वडा नं. ४ को परेवाभिर भन्ने स्थानमा सडक नहुँदा भिर र खोलाबाट यात्रा गर्नुपर्दा बर्षेनी २/३ जनाको मृत्यु हुँदै आएकोमा सो सडकले अबको यात्रा सहज र सुरक्षित हुनेकुरा  डी.पी.आर. हुँदै गर्दा स्थलगत निरीक्षणमा पुग्नुभएका गाउँपालिकाका अध्यक्ष  राजकुमार मल्लले बताउनु भयो |

आर्थिक वर्ष: