FAQs Complain Problems

सूचना :

डिजिटल बन्दै राक्सिराङ्ग

राक्सिराङ्ग गाउँपालिकाले डिजिटल स्मार्टपालिका बन्ने लक्ष्यका साथ प्रविधिको प्रयोग बढाएको छ ।  गाउँपालिकाको आफ्नै वेबसाइट छ जुन पूर्ण रुपमा अद्यावाधिक छ साथै गाउँपालिको आफ्नै मोबाइल एप पनि छ जुन हाल एन्ड्रोइड प्लाटफर्मका लागि गुगल प्ले स्टोरबाट निशुल्क डाउनलोड गर्न सकिन्छ, जसबाट गाउँपालिका सम्बन्धि सम्पूर्ण जानकारी लिन सकिने छ  साथै गुनासो र सुझाव पनि व्यक्त गर्न सकिन्छ, त्यस्तै  सामाजिक संजालहरु फेसबुक, युटुब, भाइबर, व्ह्वाट्सएप हरुमा समेत राक्सिराङ्ग गाउँपालिको उपस्थितिले जनता माझ सुचनाको हकको प्रत्याभूति गराएको छ । सर्वसाधारणमा इन्टरनेटको पहुँच पुर्याउने उद्देश्यले गाउँकार्यपालिकाको कार्यालय र परिसरलाइ  Free - WIFI Zone बनाइ नि:शुल्क इन्टरनेट सुविधा समेत दीइरहेको छ । फेसबुक, वेबसाइट र मोबाइल एपबाट  आजकल सुझाव तथा गुनासो आउन थालेको छ |  

यस गाउँ कार्यपालिकाको कार्यालय चैनपुरमा  सिसिटिभि क्यामेरा जडान गरिएको छ । सूचना प्रबिधि बिस्तार योजना अन्तर्गत कार्यालय र आसपासमा हुनसक्ने सम्भावित अनियन्त्रित गतिबिधिहरू नियन्त्रण गर्ने र कार्यालयमा  कर्मचारिहरूलाई नियमित गर्ने उद्देश्यका साथ सिसिटिभी जडान गरिएको हो । कार्यालयका सम्पूर्ण कक्षहरू र कार्यालय आसपासमा उक्त क्यामेराहरू जडान गरिएको छ । कार्यालय समय तथा अतिरिक्त २४ सै घण्टा हुने रेकर्डेड गतिबिधिहरूलाई चाहिएको समयमा हेर्न र कार्यालयका प्रमूख र गाउँपालिका अध्यक्षले  ईन्टरनेटको माध्यमबाट जुनसुकै बेला पनि मोबाइल र कम्प्युटरबाट प्रत्यक्ष  हेर्न सकिने व्यवस्था छ । गाउँपालिकाका कर्मचारिहरूलाई कार्यालयमा नियमित गर्ने र जनताको सेवा प्रवाहलाई थप प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यले यस गाउँपालिकाले बिद्युतीय हाजिरी मेसिन (Biometric Attendance) जडान गर्ने अभियान पनि थालेको छ । गाउँ कार्यपालिकाको कार्यालय र सुर्योदय मा.वि., सरिखेतमा जडान गरिसकिएको र बढी संवेदनशील र प्रत्यक्ष जनसरोकार रहने कार्यालयहरुमा बिद्युतीय हाजिरी मेसिन (Biometric Attendance) क्रमश जडान गरिंदै जाने लक्ष्य रहेको छ ।

गाउँकार्यपालिकाको कार्यालयमा  डिजिटल नोटिस बोर्ड तथा नागरिक बडापत्र जडान समेत जडान गरिएको छ । जसबाट सजिलै नागरिक बडापत्र हेर्न सकिन्छ साथै  त्यसमा  भएको संदेशमुलक फोटो र भिडियोले जनचेतना बढाउन महत्वपूर्ण भूमिका खेलेको छ  | यसका साथै गाउँकार्यपालिकाको बैठक पनि डिजिटल बन्दै छ । बैठकका एजेन्डा, छलफल तथा निर्णयहरु कार्यपालिका अध्यक्ष र सचिवले कम्प्युटरको मध्यमबाट तयार गरि प्रोजेक्टरबाट सम्पूर्ण सदस्यहरुले देख्ने गरि प्रस्तुत गर्दछन । यसबाट बैठकमा थप सहजता आएको छ  ।

गाउँपालिकाका सम्पूर्ण सरकारी कार्यालयहरुमा इन्टरनेट जडान गरि घटना दर्ता, राजस्व संकलन जस्ता कार्यहरु सफ्टवेयर प्रयोग गरि अनलाइनमार्फत गरिने लक्ष्य रहेको छ ।

 

आर्थिक वर्ष: