FAQs Complain Problems

दोश्रो राक्सिराङ्ग गोल्डकप फुटबल प्रतियोगिता पौष १८ बाट सुरुहुने

दोश्रो राक्सिराङ्ग गोल्ड कप फुटबल प्रतियोगिता २०७६ पुष १८ गते बाट सुरु हुने भएको छ | प्रतियोगिता  वडा नं.३ स्थित भर्याङकालिका खेलमैदानमा हुने छ | राक्सिराङ्ग गाउँपालिकाको ८ लाख बजेटबाट राक्सिराङ्ग गाउँपालिका युवा तथा खेलकुद विकास समितिको आयोजनामा खेल संचालन हुन लागेको हो | खेलाडीहरुलाई आज एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष निर्मला हिम्डूङ्ग र वडा अध्यक्षहरुको सहभागितामा ९ वटै वडाका टिमहरुलाई जर्सी वितरण गरियो |    

आर्थिक वर्ष: