FAQs Complain Problems

सूचना :

नसर्ने रोग सम्बन्धि एक दिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न

राक्सिराङ्ग गाउँपालिका, स्वास्थ्य शाखाले  गाउँपालिका केन्द्र चैनपुरमा २०७६ आषाढ ०१ गते नसर्ने रोग सम्बन्धि एक दिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ | गाउँपालिका अध्यक्ष राजकुमार मल्ले सभाध्यक्षता गर्नुभएको कार्यक्रममा उपाध्यक्ष निर्मला हिम्डूङ्ग प्रमुख अतिथि थिए भने ८ नं.वडा अध्यक्ष रामकृष्ण प्रजा लगाएतका जनप्रतिनिधिहरु अतिथि थिए |

जयनाथ मण्डलले सहजिकरण गर्नुभएको कार्यक्रममा नसर्ने  रोगको विश्व एवं नेपालको वर्तमान अवस्था , विभिन्न किसिमका नसर्ने रोग र त्यसका लक्षण, असर एवं त्यसबाट बच्ने उपाय आदिका बारेमा अन्तर्क्रिया गरिएको थियो | कार्यक्रममा गाउँपालिकाका सबै स्वास्थ्यकर्मी लगाएत  केहि स्थानीयहरुको समेत उपस्थिति थियो | 

कार्यक्रममा अध्यक्ष मल्लले स्वाथ्यको क्षेत्रमा थप लगानी गरीनुका साथै जेष्ठ नागरिकको स्वास्थ्योपचारका लागि नयाँ कार्यक्रम समेत ल्याउने बताउनुभयो |    

आर्थिक वर्ष: