FAQs Complain Problems

नागरिकता वितरण र फोटो सहितको मतदाता नामावली विवरण सङ्कलन शिविर संचालन - ८२ बर्षका कन्थुरामले लिए नागरिकता

चैत्र १५, राक्सिराङ्ग गाउँपालिका वडा नं. १,२ र ३ का क्षेत्रहरु समेटिने गरि वडा नं.३ सरिखेतमा जिल्ला प्रशासन कार्यालय मकवानपुर र राक्सिराङ्ग गाउँपालिकाको आयोजनामा  यहि चैत्र १५ र  १६ गते गरी २ दिने घुम्ती शिविर संचालन गरिएको छ |  शिविरमा राक्सिराङ्ग ३, सरिखेतका  कन्थु राम प्रजाले ८२ बर्षमा नागरिकता लिएका छन्। प्रशासकीय अधिकृत बिष्णु रंजन बरालको नेतृत्वमा संचालित शिबिरको उद्घाटन कार्यक्रममा ३ नं. प्रदेश सभा संसद प्रदिप घलान, गाउँपालिका अध्यक्ष राजकुमार मल्ल लगाएत १,२ र ३ नं.वडाका अध्यक्षसमेतको उपस्थिति थियो |

आर्थिक वर्ष: