FAQs Complain Problems

सूचना :

निपा भाइरस - मकवानपुर उच्च जोखिममा

निपा भाइरस संक्रमण एउटा नयाा खालको रोग (जूनोसिस) हो जुन जनावरबाट मान्छेमा सर्ने गर्छ । यो भाइरस टेरोपस जातको चमेरोमा पाइन्छ । उक्त चमेराको जुठो, पिसाब वा दिसाले प्रदुषित भएका खानेकुराहरु जस्तै- फलफूलहरु खाँदा मान्छेमा सर्दछ ।निपा भाइरस पहिलो पटक सन् १९९८ तिर मलेसियाको एउटा सुागुर फर्ममा काम गर्ने किसान र त्यहाा सम्पर्कमा आउने मान्छेहरुमा पत्ता लगेको थियो । सन् २००१ देखि बंगलादेश र भारतका बिभिन ठाउाहरुमा यो संक्रमण पटक-पटक देखिँदै आएको छ । केहि दिन अगाडि भारतको केरलामा फैलिएको संक्रमणमा एक नर्ससहित १४ जनाको मृत्यु भएको छ । बिरामीहरुको उपचारमा खटिँदा आफैमा संक्रमित भई नर्सको मृत्यु भएकाले सर्वसाधारण मात्र नभई स्वास्थ्यकर्मीहरु पनि उत्तिकै जोखिममा रहेको कुरा देखाएको छ ।

 

“Nipah virus “High risk at Durbarmarg and Makwanpur Nepal has also been labeled as high risk for Nipah virus recently seen at India. According to various research, Kathmandu’s Durbarmarg and Makwanpur district has been labeled as high risk areas for “Nipahvirus”. As Durbarmarg is habitat for bats and Makwanpur’ s Shilinge is inhabited by chepang community which consumes bats. According to Dr. Diwesh Karmacharya from EDCD, nipah virus spreading from bats in
India is similar to bats found in Nepal. Research on ebola, Nipah and HIV for last 6 years has led to believe that Nepal is at high risk according to him. However, researchers have not detected any nipah cases till date at Nepal."

 

लक्षण :

यो भाइरसको संक्रमण भएको ५-१० दिनपछि मानिसमा ज्वरो आउने, टाउको दुख्ने, बान्ता आउने र घााटी दुख्ने हुन्छ । त्यसपछि रिंगटा लाग्ने, स्मरण शक्ति हराउने, श्वास प्रश्वास र मस्तिस्क सुन्निने जस्ता समस्या देखा पर्दछन् । यो संक्रमण छ कि छैन भनेर पत्ता लगाउन प्रयोगशालामा पी.सी. आर (PCR) वा एलैजा (ELISA) जस्ता विधिको प्रयोग गर्नुपर्दछ । बिरामीको पिसाब, रगत र नाक वा घाँटीबाट नमूना लिएर जाँच गर्न सकिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म यो संक्रमणविरुद्धको कुनै पनि औषधि र खोप पत्ता लागेको छैन र यसको मुख्य उपचार भनेको बिरामीलाई अस्पतालको आईसीयूमा राखेर हेरचाह गर्नु हो ।

कसरी जोगिने ?

निपा भाइरस संक्रमणबाट जोगिन बिरामीको नजिक जाादा अथवा छुदा सतर्कता अपनाउनु पर्छ । बिरामीको हेरचार गरेपछि राम्रोसँग साबुन पानीले हात धुनुपर्छ । चमेराले जुठो हालेका फलफूलहरु खानु हुँदैन र रोगी वा मरेका सुँगुरको नजिक जाँदा पनि सचेत रहनु पर्छ । भारतबाट आयात हुने सुँगुर बंगुरलाई रोक लगाउनुपर्छ वा तिनको स्वास्थ्य जााचपछि मात्रै भित्राउने व्यवस्था मिलाउनुपर्छ । ज्वरो आउने, टाउको दुख्ने जस्ता लक्षण देखिनासाथ डाक्टरकहा गएर जँचाइहाल्नु पर्छ ।

आर्थिक वर्ष: