FAQs Complain Problems

निशुल्क आँखा शिविर उद्घाटन कार्यक्रम

चैनपुर, २०७६/०८/०२, राक्सिराङ्ग गाउँपालिकामा मङ्सिर ०२ गते देखि निशुल्क आँखा शिविर संचालन गरिएको छ |  मङ्सिर ६ गते सम्म चल्ने शिविरको ४ गते एक औपचारिक कार्यक्रम बीच उद्घाटन गरिएको छ | शिविरमा करिव २०० जनाको आँखाको शल्यक्रिया गरिने उद्देश्य रहेको छ | 

शिविर राक्सिराङ्ग गाउँपालिका, नेपाल नेत्रहिन संघ, पुनस्थापना कार्यक्रम, मकवानपुर र नेपाल नेत्र ज्योति संघ/त्रि.वि.किर्तिपुर आँखा अस्पताल तथा अध्ध्यन केन्द्र किर्तिपुरको संयुक्त आयोजनामा संचालन गरिएको हो |

गाउँपालिका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्यता रहेको उद्घाटन कार्यक्रम गाउँपालिका उपाध्यक्ष निर्मला हिम्डूङ्गको सभाध्यक्षतामा रहेको थियो  | गाउँपालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद बर्तौला बिशेष अतिथि रहेको कार्यक्रममा, गाउँपालिकाका सूचना प्रविधि अधिकृत अन्जन हटुवाल,स्वास्थ्य संयोजक विजय कापरी, किर्तिपुर आँखा अस्पताल तथा अध्ध्यन केन्द्र किर्तिपुरका नेत्र बिशेषज्ञ डा. निशा मानन्धर, नेपाल नेत्रहिन संघ, पुनस्थापना कार्यक्रम, मकवानपुरका फिल्ड अधिकृत प्रेम महर्जन, वडा अध्यक्षहरु, स्थानीय क्लबका प्रतिनिधिहरु , शिक्षक लगाएतकाको उपस्थिति रहेको थियो |

आर्थिक वर्ष: