FAQs Complain Problems

निशुल्क स्वास्थ्य शिविर सम्पन्न

मिति २०७५/०१/२८ गते यस राक्सिराँग  गाउँपालिका वडा नं ०९ खैराँग स्वास्थ्य चौकीमा कुष्ठरोग पत्ता लगाउन  दक्ष  तथा तालिम प्राप्त डाक्टर द्वारा  निशुल्क चर्म रोग तथा अपांगता शिविर संचालनमा कुल  १३२ जना सेवाग्राहीहरुलाई सेवा प्रदान गरियो | जसमा  ०२ जनाको कुष्ठरोगका लागि नमुना सङ्कलन र ०५ जनाको  क्षयरोगको नमुना सङ्कलन गर्नुका साथै १६ जना अपाङ्गहरु मध्ये ०६ जनालाई सहायक सामग्री वितरण गर्दै सो शिविर सम्पन्न गरियो | सो शिविरमा अपाङ्ग बाल अस्पताल बनेपा काभ्रेका प्रतिनिधि श्री हिरा केसी तथा सन्तोष छत्कुलीको पनि सहभागिता रहेको थियो |

आर्थिक वर्ष: