FAQs Complain Problems

सूचना :

प्रथम राक्सिराङ्ग रनिङ्ग शिल्ड गोल्डकप फुटबल प्रतियोगिताको समुद्घाटन कार्यक्रम

मकवानपुर,  ´बिकास, अनुशासन र गतिशिलता` को नारा सहित पश्चिम् मकवानपुरको राक्सिराङ गाउपालिकामा २०७५/०८/२५ गते देखी प्रथम राक्सिराङ रनिङ्शिल्ड गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ ।

युवा तथा खेलकुद बिकास समिति राक्सिराङ गाउपालिकाको आयोजनामा राक्सिराङ वडा नम्बर ५ बोटबारिको चौरमा भएको गोल्डकपमा राक्सिराङ ७ र ९ का क्लब बिच १/१ को बराबरीमा खेल टुंगिएको हो। लिग कम नक आउट खेलकुद प्रतियोगितामा खेलिएको सो खेलमा राक्सिराङ ७ र ९ का युबा क्लब १/१ को बराबरीमा अर्को चरणको लागि खेल खेलाइने गोल्डकपका संयोजक सिद्धलाल लामाले जानकारि दिए।

गोल्डकपको दोश्रो खेलमा भोली (बुधबार) राक्सिराङ ३ र ४ र राक्सिराङ ५ र २ क्लव बीच प्रतिस्पर्धा हुने संयोजक सिद्ध लाल लामाले बताए । राक्सिराङ गाउपालिका युवा तथा खेलकुद बिकास समितिका अध्यक्ष सन्तोष थापाको अध्यक्षता तथा प्रदेश नम्वर ३ का प्रदेश साम्सद ओम कुमार घलान प्रदीपको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको थियो ।

उहाले संविधानले ब्यबस्था गरे बमोजिम तिन तहको सरकारको ब्यबस्थालाई स्थापना गराउनको लागी यस्तो खालको कार्यक्रमको अति महत्वपूर्ण भुमिका रहेको भन्दै यस्तो खालको कार्यक्रमहरु निरन्तर हुन अति आबस्यक रहेको औल्याएका छन। यस्तै गरि कार्यक्रमका विशिष्ट अतिथी तथा राक्सिराङ गाउपालिका अध्यक्ष राजकुमार मल्लले राक्सिराङका हरेक युबाहरुलाई खेलकुदको माध्यमबाट अनुशासित र उनिहरुको ब्यक्तिगत बिकास गराउने हेतुले यस्तो कार्यक्रमको थालनी गरिएको बताए।

राक्सिराङमा रहेका ९ वटा वडा भित्रबाट ९ टिमको सहभागीता रहेको सो गोल्डकपको विजेताले नगद ५० हजार र उपविजेताले नगद २५ हजार प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ठ ४ खेलाडी सहित अन्य खेलाडीहरुलाई पनि पुरस्कृत समेत गरिने अध्यक्ष सन्तोष थापाले बताए ।

 

आर्थिक वर्ष: