FAQs Complain Problems

प्रभावकारी बन्दै पोषण शिक्षा प्रवर्द्धन कार्यक्रम, सरिखेत स्वास्थ्य चौकी, कुडुले

राक्सिराङ्ग २, कुडुले स्थित सरिखेत स्वास्थ्य चौकीले  निकै प्रभावकारी 'पोषण शिक्षा प्रवर्द्धन कार्यक्रम'को सुरुवात गरेको छ | करिव छ महिना अघि सुरु गरिएको यस कार्यक्रमले विपन्न चेपाङ समुदायको बाहुल्यता रहेको क्षेत्रमा बेमौसममा पनि आफ्नै करेसाबारीमा अर्गानिक तरकारी तथा फलफुल उब्जनी गराई  पोषण पूर्ति गर्न सकिन्छ भन्ने कुरा सैद्वान्तिक शिक्षाको अलावा व्यावहारिक रुपमै  सिकाएको छ |

अधिकांस बिपन्न चेपाङ र तामाङ बसोबास गर्ने यस क्षेत्रका मानिसहरु व्यवसायिक त निकै परको कुरा  निर्वाहमुखी खेति समेत गर्दैनन्, करेसाबारी समेत छैन, बजारबाट तरकारी र फलफुल किनेर खाने आर्थिक अवस्था पनि छैन | पोषणको कमीले बिरामीको संख्या बढे पछी उनीहरुलाई तरकारी र फलफुल कम लगानी र सानै प्रयासले पनि उब्जाउन सकिन्छ भन्ने कुरा  बुझाउन स्वास्थ्य चौकीले आफ्नै  करेसाबारी बनाइ तरकारी र फलफुल लटरम्मै फलाएर देखाएका हौँ , स्वास्थ्य चौकीका अ.हे.व. यम प्र. गौतमले बताउनु भयो |

त्यस क्षेत्रका जनता अहिले स्वास्थ्य चौकीको करेसाबारी र पोषणबारे निकै चासो राख्छन्  र केहिले आफनै करेसाबारीको सुरुवात समेत गरिसके | स्वास्थ्य चौकीमा  फलेका फलफुल, तरकारी यहाँ आउने बिरामीलाई नि:शुल्क वितरण गर्ने गरिएको छ | स्वास्थ्यचौकीले व्यवस्थित रुपमा तारबार गरि फलफुल, तरकारी का साथै फुल बंगैचा समेत निर्माण गरेको छ |  यस किसिमको कार्यक्रमले पोषण स्तरमा बृद्दि गराई स्वस्थ समुदाय निर्माणमा सहयोग पुग्ने साथै कृषि क्षेत्रमा समेत प्रगति हुने भएकाले गाउँपालिकाले प्राथमिकतामा राखी  थप बिस्तार गरिने अध्यक्ष राजकुमार मल्लले बताउनु भयो |

 

आर्थिक वर्ष: