सूचना :
बहुक्षेत्रीय पोषण योजना तथा कार्यक्रम प्रगति समीक्षा र अन्तर्क्रिया बैठक
राक्सिराङ्ग, बैशाख १३, गाउँपालिकाको कार्यालयमा सि.सि. डी.एन./सबल, मकवानपुरको आयोजना र गाउँपालिकाको समन्वयमा बहुक्षेत्रीय पोषण योजना तथा कार्यक्रम प्रगति समीक्षा र अन्तर्क्रिया बैठक सम्पन्न गरियो | गाउँपालिका उपाध्यक्ष निर्मला हिम्डूङ्गको सभाध्यक्षता रहेको कार्यकममा नि. प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराई, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, बिषयगत शाखाका प्रमुखकहरु, स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरु, प्रवाह छिमेकी नेपालका प्रतिनिधि, नाफान नेपालका प्रतिनिधि, स्थानीय शिक्षक लगाएतको उपस्थिति थियो |
कार्यक्रममा सि.सि. डी.एन./सबल, मकवानपुरले गाउँपालिका क्षेत्रमा स्वास्थ्य लगाएत जीविकोपार्जनको क्षेत्रमा गरेको कार्यहरुको समीक्षा गरिएको थियो भने अन्य उपस्थितले स्वास्थ्य पोषण एवं अन्य स्वास्थ्य संग सम्बन्धित बिषय र एक आपसमा आवश्यक समन्वय र सहकार्यको बारेमा बोल्नु भएको थियो |