FAQs Complain Problems

बिद्यार्थी भर्ना अभियान कार्यक्रम २०७६ निरन्तरता, राक्सिराङ्ग २ सरिखेतमा

राक्सिराङ्ग, बैशाख ११,  बिद्यार्थी भर्ना अभियान २०७६ कार्यक्रमको दोस्रो दिन राक्सिराङ्ग- १,२ र ३ नं. वडाका बिद्यालयहरु समेटिने गरि श्री प्रजा प्रगति आधारभूत बिद्यालय कुंडूलेमा कार्यक्रम गरियो |

सोहि विद्यालयका प्र.अ. गोपाल प्र. चौधरीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिम ब. चेपाङको सभाध्यक्षता रहेको थियो भने  प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राजकुमार मल्ल  थिए त्यस्तै विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष निर्मला हिम्डुङ्ग एवं.वडा नं.१ का वडा अध्यक्ष  कान्छाराम रुम्बा, वडा नं. २ का वडा अध्यक्ष  सुर्य ब. मुक्तान साथै गा.पा. शिक्षा संयोजक राजेश घिमिरे, सूचना प्रविधि अधिकृत अन्जन हटुवाल, इस्थर बेन्जामिन स्मृति संस्था, मकवानपुरका प्रतिनिधि लगाएत स्थानीय टोल विकस संस्थाका अध्यक्षहरु, साविक सरिखेत  गा.वि.स. (हाल राक्सिराङ्ग वडा नं.१,२ र ३) का  बिद्यालयका प्र.अहरु, कुडुले हेल्थपोस्ट इन्चार्ज प्रेम पौडेल, अहेव यम प्र. गौतम अतिथि थिए |

कार्यक्रममा मन्तव्य राख्दै उपाध्यक्षले यस क्षेत्रका अभिभावकहरुमै चेतनाको कमि भएका कारण समस्या रहेको बताउनु भयो |  गाउँगाउँमा स्थानीय सरकार आइसकेको अवस्थामा पढ्ने उमेरका बालबालिका विद्यालय बाहिर हुनु देशकै लागि दुःखद् हुने धारणा राख्दै अध्यक्ष मल्लले राक्सिराङ गाउँपालिकालाई शिक्षित एवम् विकसित पालिका बनाउने आफ्नो अभियानमा साथ दिन सबैलाई अनुरोध गरे, साथै जनताको चेतनामा विकास नभए सम्म भौतिक विकास व्यर्थ रहने कुरा समेत बताउनु भयो । त्यस्तै उनले गाउँपालिकालाइ शैक्षिक क्षेत्रमा अधिकार सम्पन्न बनाउनु आवश्यक रहेको कुरा उल्लेख गर्नुभयो |

बिद्यार्थी, शिक्षक, जनप्रतिनिधि एवम् अभिभावकहरुले प्ले कार्डसहित भर्ना अभियानको जानकारी गराउन घरदैलो गरेका थिए ।

आर्थिक वर्ष: