सूचना :
बिद्यार्थी भर्ना अभियान २०७६
विद्यार्थी भर्ना अभियान २०७६ वृहत कार्यक्रम गरि सम्पन्न गरिने
"हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिका विद्यालय पुर्याऔं" भन्ने राष्ट्रिय मूल आदर्श वाक्य सहित "विपन्न चेपाङ तमाङ्ग सारा, शिक्षा दिने राक्सिराङ्गको अभिभारा" र "राक्सिराङ्गको अपेक्षा सबैमा पुर्याउँ शिक्षा" जस्ता स्थानीय नारा सहित गाउँपालिका भित्र आर्थिक अभावका कारण बालबालिकालाइ विद्यालय पठाउन नसकेको अवस्थामा गाउँपालिकाले अभिभावकत्व लिई निशुल्क पठनपाठन व्यवस्था मिलाउने घोषणा सहित निम्नानुसारका स्थानमा विभिन्न मितिमा वृहत भर्ना अभियान कार्यक्रम सम्पन्न गर्ने निर्णय भएकोले सबै अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई समयमै विद्यालय भर्ना गर्न गराउनु हुन अनुरोध छ | साथै आफ्ना वालवालिका बिद्यालय भर्ना नगराउने अभिभावकहरुलाई गाउँपालिकाद्वारा प्रदान गरिने सेवा सुबिधाबाट समेत बन्चित गराउन सक्ने निर्णय समेत गरेको छ |
कार्यक्रमहरु:
- २०७६ बैशाख १० गते श्री राष्ट्रिय मा.वि., सिलिंगे
- २०७६ बैशाख ११ गते श्री प्रजा प्रगति नि.मा.वि., कुडुले
- २०७६ वैशाख १५ गते श्री कालिका मा.वि., खैराङ्ग
- २०७६ वैशाख १६ गते श्री कालिका मा.वि., राक्सिराङ्ग