FAQs Complain Problems

बिद्यार्थी भर्ना अभियान २०७६ को प्रथम चरणका ४ कार्यक्रम सफलता पुर्वक सम्पन्न |

"विपन्न, तामाङ, चेपाङ सारा:शिक्षा दिने राक्सिराङ्गको अभिभारा" भन्ने नाराका साथ  राक्सिराङ्ग गाउँपलिकाले बिद्यार्थी भर्ना अभियान २०७६ को प्रथम चरणको कार्यक्रम  साबिकका खैराङ्ग, सरिखेत, राक्सिराङ्ग र काँकडा गा.वि.स. गरि ४ ठाउँमा सफलतापुर्वक सम्पन्न गरेको छ | बैशाख १० गते काँकडाबाट सुरु गरिएको प्रथम चरणको अभियान कार्यक्रम  ११ गते सरिखेत र १५ र १६ गते क्रमश खैराङ्ग र राक्सिराङ्ग हुँदै समापन गरियो  | अभियान कार्यक्रममा साबिक गा.वि.स. भित्रका सम्पूर्ण बिद्यालयलका प्र.अ., विद्यालय व्यस्थापन समितिका अध्यक्ष, शिक्षकहरु,वडा अध्यक्ष , वडा सदस्य, टोलविकास संस्थाका अध्यक्षहरु, त्यस क्षेत्रमा सक्रिय संघसंस्थाका प्रतिनिधिहरुका साथै गाउँपालिकाको तर्फबाट शिक्षा संयोजक राजेश घिमिरे, सूचना अधिकारी अन्जन हटुवाल र  गाउँपालिका अध्यक्ष राजकुमार मल्ल समेतको प्रत्येक कार्यक्रममा सक्रिय उपस्थिति थियो |

सामुहिकरुपमा गरिएको अभियान कार्यक्रम यस पश्चात प्रत्येक विद्यालयले छुट्टाछुट्टैरुपमा गर्ने छन्  | गाउँपालिका अध्यक्ष मल्ले प्रथम चरणको यस अभियान कार्यक्रम सफल भएको  र  प्रत्येक बिद्यालयलाइ घरदैलो अभियान चलाउन र  भर्ना हुन  नसकेकाहरुको विवरण कारण सहितको प्रतिवेदन गाउँपलिकलाई बुझाउन समेत निर्देशन दिनु भयो  र उक्त  प्रतिवेदनका आधारमा आवश्यक छानबिन गरि गाउँपालिकाले अभिभावकत्व ग्रहण गर्ने कुरा साथै  प्रत्येक विद्यालयको अभियान गतिविधिको अनुगमन समेत गरिने कुरा प्रस्ट्याउनु भयो |   

   

आर्थिक वर्ष: