FAQs Complain Problems

सूचना :

मेलमिलाप सम्बन्धि आधारभूत प्रशिक्षण समापन कार्यक्रम

राक्सिराङ्ग, मिति २०७५/०८/०४ देखि २०७५/०८/११ गते सम्म संचालित मेलमिलाप कर्ताहरुको लागि आधारभुत प्रशिक्षण तालिम सफलताको साथ  समापन गरिएको छ | समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम उपाध्यक्ष श्री निर्मला हिम्डुङ्गको अध्यक्षता र  अध्यक्ष श्री राजकुमार मल्लको प्रमुख आतिथ्यमा गरिएको हो | मकवानपुर जिल्लाकै स्थानीय तहहरु मध्ये सबै भन्दा पहिले राक्सिराङ्ग गाउँपालिकाले सक्षम मेलमिलाप कर्ताहरु उत्पादन गरि न्यायमा सर्वसाधारणहरुको पहुँच पुर्याउनका लागि  यस किसिमको तालिम आयोजना गरेको हो | राक्सिराङ्ग जटील भौगोलिक धरातल र भौतिक पूर्वाधारका आधारमा केहि पछाडी भए पनि न्यायको क्षेत्रमा गरेको यस किसिमको कार्यले  राक्सिराङ्ग सबै भन्दा अघि भएको देख्दा अत्यन्तै खुशी भएको कानुन अन्वेषण तथा श्रोत विकास केन्द्र (सेलर्ड) क्षेत्रीय कार्यालय हेटौंडाका अधिवक्ता तथा क्षेत्रीय संयोजक तथा प्रमुख प्रशिक्षक श्री जगन्नाथ सुवेदीले बताउनुभयो |  गाउँपालिकाको प्रत्येक वडाका ०३ जना मेलमिलाप कर्ताहरुलाई तालिम दिइएको हो |

आर्थिक वर्ष: