सूचना :
राक्सिराङ्गको धिराङमा बिधुत उत्पादन
राक्सिराङ्ग गाउँपालिका वडा नं ७ धिराङमा बिजुली उत्पादन गरि बत्ति बालिएको छ। स्थानीय शंखरे खोलाबाट ९ किलोवाट बिधुत उत्पादन गरिएको हो | राक्सिराङ गाउँपालिकाको २० लाख रुपियाँ र जनश्रमदान समेत गरी कूल ३२ लाख रुपियाँमा पेल्ट्रिक सेटबाट बिजुली उत्पादन गरिएको हो । पेल्ट्रिक सेटको उद्घाटन गर्दै ३ नं प्रदेश सांसद सन्तबहादुर चेपाङले चेपाङ बस्तीमा बिजुली बाल्न पाउने अबसर आएकोमा खुसी ब्यक्त गरे । उनले धिराङसम्म मोटरबाटो पुर्याउने लागि पहल भइरहेको जानकारी दिए । केही बर्षभित्रै मोटरबाटोले पनि मूर्तरुप लिने भन्दै उनले गाउँपालिकाकाले बिकट क्षेत्रको विकासमा बिशेष ध्यान दिनुपर्ने बताए । कार्यक्रममा राक्सिराङ्ग गाउँपालिका अध्यक्ष राजकुमार मल्लले चेपाङ समुदायमा देखिएको खुसीले आफूलाई थप उत्साहित बनाएको बताए ।