FAQs Complain Problems

राक्सिराङ्ग गाउँपालिकाद्वारा दैनिक ज्यालामजदुरी गरि खानेपरिवारहरुलाई राहत वितरण

राक्सिराङ्ग गाउँपालिकाले चैत २६ गते देखि राहत वितरण गर्न सुरु गरेको छ | वडाकार्यालयबाट सिफारिस भइ आएको अति विपन्न दैनिक ज्यालामजदुरी गरेर मात्र खान पुग्ने परिवारहरुलाई गाउँपालिकाले प्रति परिवार १५ कि.ग्रा. चामल, २ कि.ग्रा. दाल, १ लि.खाने तेल, २ पोका नुन र एक वटा साबुनका दरले राहत सामग्री वडाकार्यालय मार्फत उपलब्ध गराउन सुरु गरिएको हो |

गाउँपालिकाले रु.२५ लाख रकम जम्मा गरि स्थापना गरेको गाउँपालिकाको विपद ब्यवस्थापन कोषमा प्रदेश सभासदस्य माननीय ईन्द्र ब.बानियाँद्वारा प्रतिबद्धता गर्नुभएको रु.२ लाख रुपैयाँ गाउँपालिकालाई हस्तान्तरण गर्नु भएको छ  | त्यस्तै ने.क.पा. राक्सिराङ्गले रु. दुइ लाख बराबरको खाधान्न सहयोग गरेको छ  |    

आर्थिक वर्ष: