FAQs Complain Problems

सूचना :

राक्सिराङ्ग गाउँपालिकाद्वारा लकडाउनले काठमाडौंमा अलपत्र परेकाहरुको उद्दार

बैशाख ११, राक्सिराङ्ग गाउँपालिकाले लकडाउनका कारण  काठमाण्डौमा समस्यामा रहेका आफ्ना  नागरिकहरुको उद्दार गरेको छ |  काठमाडौंमा ज्यालामजदुर, अध्ययन एवं  विभिन्न पेशा गरि बस्ने र हाल जारी लकडाउनका कारण समस्या परेकाहरुलाई उद्धार गरिएको हो । गाउँपालिकाले  पहिलो चरणमा २ वटा  बसको व्यवस्था गरि गाउँपालिकाबासीलाई  सुरक्षित तरिकाले आफ्नो गाउँ फर्काउने क्रममा एक बसमा रहेका ४० जनालाइ दिउसो २ बजे मनहरी स्थित बसपार्क ल्याइपुर्याएको थियो भने अर्को बस साँझमा छुट्नेछ ।  गाउँपालिका ल्याईएका उनीहरुलाई  गाउँपालिकाको स्वास्थ्य टोलीले चेक जाँच गरी कोरोना सम्बन्धी सचेतना दिंदै सुरक्षित साथ घरमा बस्न आग्रह गरेर मात्र पठाइएको हो । परिक्षणका क्रममा सबै सामान्य देखिएका उनीहरुलाई स्वास्थ्यकर्मीको सम्पर्कमा रहीरहन सुझाव दिदै घर पठाइएको हो |

आर्थिक वर्ष: