सूचना :
राक्सिराङ्ग गाउँपालिका दोश्रो रनिङ शिल्ड गोल्डकप फुटबल प्रतियोगिता समुद्घाटन
राक्सिराङ्ग गाउँपालिका दोश्रो रनिङ शिल्ड गोल्डकप फुटबल प्रतियोगिता २०७६ पुष १८ गते बाट सुरु भएको छ |
प्रदेश सभा सदस्य सन्त ब. चेपाङको प्रमुख आतिथ्यतामा भएको उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष निर्मला हिम्डूङ्ग विशेष अतिथि एवं वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु लगाएतकाको उपास्थिति रहेको थियो भने कार्यक्रमको सभाध्यक्षता राक्सिराङ्ग गाउँपालिका युवा तथा खेलकुद विकास समितिका अध्यक्ष सन्तोष थापाले गरेका थिए | लिग कम नकाउटका आधारमा खेलाइने खेलमा गाउँपालिकाको ९ वटै वडाबाट एक एक टोलि समावेश छ | प्रतियोगिताको विजेता एवं उपविजेतालाई क्रमश एक लाख र पचास हजार नगद पुरस्कारका साथै ट्रफी एवं उत्कृष्ट खेलाडीहरुलाई समेत ट्रफीको व्यवस्था गरिएको छ |
वडा नं.३ स्थित भर्याङकालिका खेलमैदानमा भएको पहिलो खेलमा वडा नं.३ ले वडा नं.५ बिरुद्द १-० को नतिजा निकाल्दै सुखद सुरुवात गर्यो | राक्सिराङ्ग गाउँपालिकाको ८ लाख बजेटबाट राक्सिराङ्ग गाउँपालिका युवा तथा खेलकुद विकास समितिको आयोजनामा खेल संचालन गरिएको हो |