FAQs Complain Problems

राक्सिराङ्ग-८ देविटारमा सार्वजनिक सुनुवाई सम्पन्न

लामो समयको जनप्रतिनिधि बिहीनतापछिको निर्वाचनबाट गाउँगाउँमा जनप्रतिनिधि आएपछि स्थानीयले जवाफदेही निकाय गाउँघरमै भेटेका छन् । सोही अवसरको सदुपयोग गर्दै मकवानपुरको विकट गाउँका गाउँलेले बिहीबार एक कार्यक्रमकाबीच जनप्रतिनिधिसँग आफ्ना गुनासा र सुझावहरु निर्धक्कले राखे ।

शुक्रबार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा मकवानपुरको राक्सिराङ गाउँपालिका ५, ७ र ८ नम्बर वडाका स्थानीयले जनप्रतिनिधिलाई विभिन्न समस्या दर्शाउनुको साथै गाउँको सेवा प्रवाहको बारेमा भएको अस्पष्टताबारे जिज्ञासा राखेका थिए । एसएमएस मिडिया प्रालिको संयोजनमा राक्सिराङ गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा जनप्रतिनिधिलाई स्थानीयले निर्धक्क भएर आफ्ना कुरा पस्किएका थिए । कार्यक्रममा जनप्रतिनिधिले पनि स्थानीयको सुझाव ग्रहण गर्दै स्थानीयको समस्या समाधान गर्ने प्रतिवद्धता जनाए ।

उनीहरुको अधिकांश जिज्ञासा पनि कार्यक्रममै मेटाइएको थियो । राक्सिराङ गाउँपालिका–८ नम्बर वडाध्यक्ष रामकृष्ण प्रजाको सभाध्यक्षतामा भएको कार्यक्रममा गाउ“पालिकाका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्यता रहेको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा गाउ“पालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार पुडासैनीले गाउ“पालिकाको ८ नम्बर वडामा सञ्चालित योजना, सम्पन्न भएको योजना तथा गाउँपालिकाले प्रवाह गरिरहेको सेवा सुविधाको अवस्थाको बारेमा जानकारी गराएका थिए ।

एसएमएस मिडिया प्रालिले गाउ“पालिकामा गरेको सर्वेक्षण र प्रतिवेदन करिब २ सय वडा बासीको उपस्थितिमा सार्वजनिक गरेको थियो । यस्तै गाउँपालिकाको काम कारबाही र सेवा सुविधाको बारेमा सार्वजनिक सुनुवाई स्थानीय वासिहरुले जनप्रतिनिधिको काम सम्मानजनक भएको बताएका थिए । विकास निर्माणमा गाउ“पालिकाले काम अगाडि बढाएको समेत बताएका थिए ।

केही स्थानीयवासीले रोजगार संयोजकको भुमिका, बेरोजगार भत्ताको बारेमा अनविज्ञ रहेकोले प्रष्ट्याउन आग्रह गरेका थिए । कार्यक्रममा करिब तीन दर्जन सहभागीले भूकम्प पछिको पुननिर्माण, विद्यालयमा शिक्षकको आवश्यकता, खानेपानीको समस्यालगायतको वषयमा जनप्रतिनिधि तथा कर्मचारीहरुलाई प्रश्न गरेका थिए ।

एसएमएस मिडिया प्रालिका प्रतिनिधि देवराज पन्तले गाउँपालिकामा गरेको सर्वेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रालिका प्रतिनिधि केशव समर्पणले सहजीकरण गरेका थिए । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष निर्मला हिमडुङ, गाउँपालिकाका विभिन्न शाखाका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

आर्थिक वर्ष: