FAQs Complain Problems

सूचना :

राक्सिराङ गाउँपालिकाद्वारा १०९ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विविध कार्यक्रम सम्पन्न ।

१०९ औं अन्तर्राष्ट्रिय महिला दिवस राक्सिराङ गाउँपालिकाले विविध कार्यक्रम गरि मनायो  ।  "लैंगिक समानताका लागि समान सोच र व्यबहार समृद्धिका आधार" भन्ने मुल नाराका साथ आयोजना गरिएको  कार्यक्रममा राक्सिराङका विभिन्न ठाउँहरुमा नाराहरुसहितको र्याली  समेत  अयोजना गरिएको थियो। कार्यक्रममा सेलर्ड कार्यालय हेटौंडाका अधिबक्ता जगन्नाथ सुबेदिले देवानी संहिता र मुलुकी फौजदारी संहितामा भएका महिलासम्बन्धी कानुनी प्रावधानका बिषयमा छलफल तथा प्रशिक्षण दिएका थिए । छलफलका क्रममा उपस्थित महिलाहरुका बिभिन्न समस्याहरुका बिषयमा अन्तर्कृया गरिएको थियो।

राक्सिराङ गा.पा.का उपाध्यक्ष निर्मला हिमडुङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा उनले १०९ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सबैलाई शुभकामना दिनुका साथै राक्सिराङका सबै महिलाहरु समाजमा प्रगतिशील र घरेलुु हिंसाबाट मुक्त भई अघि बढ्न आस्वाशन दिए । उनले गाउपालिकाभित्र जति पनि महिला हिंसाका समस्याहरु छन ती सबैलाई मिलाएर अघि बढ्ने आस्वस्त पारे। कार्यक्रममा महिलाहरुमा मनोरन्जन प्रदान गर्ने उद्देश्यले ‘घैटो फुटाई’ खेल पनि राखिएको थियो

सामुदायिक बिकास केन्द्र (सि.सि.डि.एन) नेपालले सहजीकरण  गरेको सो कार्यक्रममा महिला जनप्रतिनिधी, कृषि महिला सहकारी संजाल, लेकाली महिला बचत तथा ऋण सहकारी संस्था, आमासमुह, जिविकोपार्जन समुह, महिला नमुना कृषक समूह, विपद् जोखिम समूह साथै अन्य बिभिन्न संघ संस्थाका ब्यक्तित्वहरुको सहभागीता रहेको थियो।

आर्थिक वर्ष: