FAQs Complain Problems

वडा नं.१ का सडक योजनाहरुको अनुगमन

मिति २०७६/१०/२४  गते वडा नं.१ का सडक मर्मत तथा ट्रयाक ओपन कार्यहरुको अनुगमन गरिएको छ | राक्सिराङ्ग गाउँपालिकाको  उपाध्यक्ष एवं योजना अनुगमन समितिका संयोजक निर्मला हिम्डुङ्ग, प्रमुख प्रशासकीय अधिकृत  युवराज आचार्य, योजना शाखा प्रमुख, शिक्षा शाखाका कर्मचारीका साथै प्राविधिकहरुको उपस्थितिमा ४ वटा सडक मर्मत तथा निर्माण योजनाहरु र २ वटा विद्यालय अनुगमन गरिएको हो |

रु.८ लाख बजेटको नेवारपानि-कोलगैरी- सडक मर्मत योजना, रु.५ लाख बजेट रहेको कोलगैरी-मुंग्रेकोट-रामकुवा सडक निर्माण योजना, रु.४ लाख बजेटको ठुलो ढुंग्याँन-बिरालीटार सडक निर्माण योजना  र रु. ५लाख बजेट विनियोजित लापुर-सडक मर्मत तथा निर्माण योजनाको  अनुगमन गरिएको हो |

अनुगमनकै क्रममा टोलीद्वारा वडा नं.१ मा आवश्यक रहेको खानेपानि तथा सिंचाई योजनाहरुको समेत कार्य अघि बढाउन पानीको श्रोत, भण्डारण एवं वितरणको लागि स्थलगत निरीक्षण समेत गरियो |   

त्यस्तै वडा नं.१ कै श्री ठुलो भावर आधारभूत विद्यालय र बाल जागृति प्राथमिक विधालयको समेत विविध पक्षको निरीक्षण तथा अवलोकन गरियो |

आर्थिक वर्ष: